जन्मदिनमा बिद्यार्थि नेता खड्काद्धारा बालबालिकालाई शैक्षिक सामग्रि सहयोग

दाङ । जन्मदिनको अवसरमा नेकपाका युवा बिद्यार्थि नेता सुशील खड्काले दाङको एउटा सामुदायी बिद्यालयमा पुगेर गरिब, असहाय र जेहेन्दार बिद्यार्थिलाई शैक्षिक सामग्रि सहयोग गरि आफ्नो जन्म दिन सिर्जनात्मक काम गरेर मनाएका छन ।

ठूला होटलमा फजुल खर्च गर्नुभन्दा सहयोग गरौँ भन्ने सोचले कार्यक्रम गरेको खड्काले नेपालयन खबरलाई जानकारी दिए ।

जन्म दिनको अबसरमा तुलसिपुर १८ मा रहेको नेत्रलाल प्राथमिक बिधालय तथा शुभ कोटि प्राथमिक बिद्यालयमा शैक्षिक सामग्री बितरण गरेको बिद्यार्थि नेता खड्काले जानकारी दिएका छन् । अलिकति भएपनि खुसी पार्न खोजेको सामाजिक तथा मानवीय कार्यमा निरन्तर काम गरिरहने बताएका छन् । सेवा नै भगवानको पुजा गरेजस्तै भएकाले भविस्यमा पनि सहयोगको प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस