काठमाडौं । बालुवाटारमा सवैंधानिक परिषद्को बैठक जारी छ । सत्तारुढ नेकपाका नेताहरु र प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बाबजूद नयाँ अध्यादेश बमोजिम बैठक शुरु भएको हो ।
राष्ट्रपतिबाट आज जारी अध्यादेशमा परिषद्का तीन मात्र सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने ब्यवस्था छ । बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका अतिरिक्त प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहभागी हुनुहुन्छ ।