काठमाडौँ । नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ रुद्रेश्वरलाइ शनिबार आवासीय क्षेत्र घोषणा गरेका छन् । अव्यवस्थित शहरीकरणका कारण शहर कुरूप बन्ने हुदा त्यसलाइ व्यवस्थित गर्नको लागि मन्त्री पोखरेलले आवासीय क्षेत्र घोषणा गरेका हुन् ।
सो कार्यक्रममा बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल उप प्रमुख रमा देबी राइ बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्का नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटिलगायत रुद्रेश्वर टोल सुधार समाजका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ कि वडा सदस्य धनुमाया डंगोलले स्वागत मन्तब्य राखेको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।
उनले बढ्दो शहरीकरणका कारण कृषियोग्य जमिन आवास क्षेत्रमा परिणत हुदै गएको अवस्थामा सो क्षेत्रलाई आवसको लागि व्यवस्थित , सुरक्षित तथा सुबिधा युक्त बनाउनको लागि आवासीय क्षेत्र घोषणा गरिएको बताए। उनले सो काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आवासीय क्षेत्रमा आवास निर्माणको लागि बिभिन्न मापदण्डहरु समेत लागु गरिएको जानकारी गराए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेलले विकास निरन्तर चलिरहने प्रक्रिया भएकोले यसमा पूर्वाधार र जनसंख्या कम गर्नेभन्दा पनि यसलाई व्यवस्थापन गर्ने तर्फ ध्यान दिनुपर्ने बताए। उनले बुढानिलकण्ठ नगरपालिकामा विकासले गति लिएको बताउदै धेरै काम अघि बढेको बताए। उनले सो क्रममा बिभिन्न बाधा अड्चनलाइ पन्छ्याउन परेको अनुभब सुनाएका थिए।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाल सरकारका उपप्रधानमन्त्रि इश्वर पोखरेलले झट्ट हेर्दा सानो लाग्ने तर महत्वको हिसाबले अत्यन्तै ठुलो संदेशमुलक काम भएको बताएका थिए। उनले अब हाम्रा बस्तिहरु बसोबास गर्ने ठाउहरु सुरक्षित व्यवस्थित हुनुपर्छ भन्ने संदेश दिएको बताएका थिए। विकास निर्माणका कामहरु राज्य सरकारको तर्फ बाट नीति योजनाका कार्यक्रमहरु आए पनि कार्यन्वयन गर्दा स्थानीयको सक्रियता र सहभागिता आवश्यक रहेको बताएका थिए।
बसोबासलाइ सुरक्षित र व्यवस्थित बनाउन मापदण्ड कार्यन्वयन गर्नु पर्नेमा जोड दिदै उनले जनप्रतिनिधि र विकास सबैको साझा भएको बताउदै पक्षपात नगरी काम गर्नुपर्नेमा जोड दिएका थिए। उनले आफु उप प्रधानमन्त्री भन्दा पनि सोहि क्षेत्रको जनप्रतिनिधि भन्न रुचाउने बताएका उनले सो क्षेत्रमा आवश्यकता पहिचान गरी विकासका योजना ल्याउन अनुरोध गर्दै त्यसमा आफुले पहल गर्ने प्रतिबद्धता समेत गरेका थिए ।