दाङ । तुलसीपुर नगर जेसिजको बर्ष २०२१ को अध्यक्षमा नारायण भट्टराईलाई चयन गरिएको छ । जेसिजको बार्षिक अधिबेशन तथा अन्तिम साधारणसभाले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
जसको कार्यकारिणी उपाध्यक्षमा वसन्त भण्डारी र कमल प्रकाश शर्मा, उपाध्यक्षमा छबी कुमार वली, बुद्धि सापकोटा, थुम्मन बिश्वकर्मा र शिब न्यौपाने,सचिबमा झग्गु सापकोटालाई चयन गरिएको निर्वाचन अधिकृत मेघराज घिमिरेले जानकारी दिए ।
बर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष झरेन्द्र खरेल, सूर्य प्रकाश शर्मा, दिपेश भन्डारीले नयाँ नेतृत्वलाई बधाई दिएका थिए ।