सरकारविरुद्ध सडकमा शक्ति देखाउने काङ्ग्रेसको तयारी

काठमाण्डौं । बेला बेला सदन अबरुद्ध गर्नु बाहेक प्रतिपक्षको भूमिका सरकारलाई दबाब दिन प्रभावकारी नरहेको र निरीह प्रतिपक्षी भनेर आलोचना खेपेको काँग्रेसले अब भने सरकार बिरुद्ध शक्ति प्रदर्शन गर्ने भएको छ ।
सरकार बिरुद्ध बढ्दो असन्तुष्टी र सडकमा राजावादीहरु समेत ठूला प्रदर्शन गर्दै अघि बढे पछि काँग्रेस बल्ल तातिन लागेको हो ।

खास गरी मंसीर १७ गते प्रहरीले तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा हिरासतमा राखे पछि काँग्रेस थप आक्रोसित बनेको छ । यही सिलसिलामा काँग्रेसले सरकारका कृयाकलापको बिरोधमा २९ मंसीरमा ७७ वटै जिल्लामा प्रदर्शनको घोषणा गरेको छ । सबै कार्यकर्तालाई प्रदर्शनमा उत्रन काँग्रेसले अपील गरेको छ ।

कसले कहाँ गदैछन् सम्बोधन ?

सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै संवोधन गर्नेछन् ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा संवोधन गर्नेछिन् ।
यस्तै झापामा प्रकाशशरण महत , काभ्रेमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, धनुषामा पूर्वमहामन्त्री प्रकाशमान सिंह, महोत्तरीमा कृष्णप्रसाद सिटौला, सप्तरीमा चित्रलेखा यादव, चितवनमा रामशरण महत , पोखरामा अर्जुननरसिंह केसी, कैलालीमा गगन थापा, कन्चनपुरमा प्रदीप पौडेल, अछाममा एनपी साउद लगायतले प्रदर्शनको नेतृत्व गर्नेछन् ।

ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै काँग्रेस शक्ति प्रदर्शनको तयारीमा जुटेको हो ।

काँग्रेसले तय गरेका नाराहरु तलको विज्ञप्तिमा हेर्नुस् :

प्रतिक्रिया दिनुहोस