गायक सन्जिब पराजुली र गायीका टिका प्रसाईको नयाँ गित “कान्छा कान्छी”

काठमाडौँ । गायीकीमा चर्चित जोडी गायक सन्जिब पराजुली र गायीका टिका प्रसाईको नयाँ गित “कान्छा कान्छी” सार्वजनिक भएको छ ।

यो जोडीले यस अघि पनि थुप्रै युगल गितहरु ल्याईसकेको छ । उनीहरुले बजारमा ल्याएका चर्चित गितहरु मध्ये “नाई मलाई थाहा छैन”, “एउटा कुरा भनु”,“कर्के नजर”,“पहिलो भेटैमा”,लगायतका थुप्रै चर्चित गितहरु हुन् ।

उनीहरुको सहकार्यम बनेका गितहरुले दर्शक तथा स्रोताको मन जित्न सफल पनि भएका छन् । कोभिड कारणले अहिले मेला महोत्सवका कार्यक्रमहरु बन्द भए पनि यस अघिका कार्यक्रमहरुमा भने उनीहरु एकसाथ देखिदै आएका थिए ।

गायीकीमा दर्शक तथा स्रोताले निकै मन पराएको जोडीको रुपमा टिका सन्जीबको नाम आउने गर्दछ । उनीको स्वरलाई धेरैले मन पराएका छन् । उनका प्रशंसकहरुले सामाजीक संजालमा समेत उनीहरुको राम्रो चर्चा गर्ने गर्दछन् ।

यही दर्शक तथा स्रोताको माया पाउन सफल जोडिले पुनः सहकार्य गरेको छ । गितको बोल “कान्छा कान्छी” हो । शव्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाले गरेका छन् । संगीतको संयोजनको काम रिकेश गुरुङको हो भने गितमा गायक संजीब पराजुली र गायीका टिका प्रसाईको सुमुधर स्वर सुन्न सकिन्छ ।

गितको भिडियो युवा स्टार पल शाह र अलिशा राईको नृत्य देख्न सकिन्छ । भिडियो निर्देशन भने लक्षमण पौडेलले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस