यौन, पैसा, नैतिकता र नारायणकाजी

काठमाडौं । नारायणकाजी श्रेष्ठ विवादमा पर्नुभएको छ । उहाँ विभिन्न किसिमका आदर्शवादी फण्डा गरेर चर्चामा आउने गर्नुभएको थियो । उहाँको पार्टी तथा पार्टीभित्रको गुटले महोत्तरीको वर्दिवास क्षेत्रमा एउटा कम्युन समेत बनाएको छ । एक आदर्शवादी कम्युनिष्ट देखिन नारायणकाजीले भरमग्दुर प्रयत्न गर्दै आउनुभएको थियो ।

नारायणकाजी ललितपुरमा आलिशान कम्पाउण्डमा बस्नुहुन्छ । त्यो बसाईलाई पनि आदर्शवादी र सादगीपूर्ण बसाईका रुपमा चित्रित गर्न उहाँले विभिन्न किसिमका फण्डा गर्दै आउनुभएको छ । करोडौं रुपैयाँमा नारायणकाजी खेल्नुहुन्छ भन्ने तथ्य छताछुल्ल भइसकेको छ । तर, सर्वहारा हुँ भने जसरी नारायणकाजीले माइक्रोबस चढ्ने, मिडिया बोलाएर फोटो खिचाउने र आफ्नो मार्केटिङ गर्नेसम्मका हर्कत गर्नुभयो ।

अर्थात्, नारायणकाजी भित्र जस्तो हुनुहुन्छ बाहिर त्योभन्दा ठिक विपरित देखिने प्रयत्न गर्नुहुन्छ ।

अविवाहित नारायणकाजीको अहिले जे प्रकरण आएको छ त्यसले सबै नेपाली नेताहरुका बारेमा प्रश्न उठाइदिएको छ । नेपाली नेताहरुले बाहिर देखाउने नैतिकता र आदर्शमै प्रश्न उठेको छ ।

नारायणकाजीको अहिलेको प्रकरण पैसासँग मात्र जोडिएको छैन, यौन नैतिकतासँग पनि गासिएको छ । त्यसो त उहाँको नाम विभिन्न महिलासँग पहिले पनि जोडिने गरेको थियो । त्यसरी नाम जोडिनुलाई अन्यथा लिन मिल्दैन पनि । महिला र पुरुषको सम्बन्ध यौन आधारित मात्र हुन्छ भन्ने संकीर्ण सोचाई राख्न हुँदैन । जसरी पुरुष र पुरुष असल मित्र बन्न सक्छन्, त्यसैगरी महिला र पुरुष पनि मित्र बन्न सक्छन् । मित्रता भन्दा बढेर अरु केही सम्बन्धको चर्चा आउनु भने अस्वाभाविक हो ।

अहिले नारायणकाजीको प्रसंगमा महिलाको प्रसंग गासिनु स्वाभाविक छैन । कमानसिंह लामाले मृत्युपूर्व जे संकेत गरेर फेसबुकमा लेख्नुभयो, त्यसले अलि गहिरो छानवीनको माग गर्दछ । हुनत विवाहित हुन् या अविवाहित्, महिला र पुरुषको प्रेम र यौन प्रसंग सार्वजनिक चर्चाको विषय होइन, मिडियामा समाचारको विषय पनि होइन । तर, खास परिस्थितिमा त्यस्ता प्रसंग छानवीनको विषय बन्नुपर्छ, समाचारको विषय बन्नुपर्छ । कसैको घरपरिवार उजाडिन्छ भने त्यस्तो प्रसंगमा छानवीन हुनुपर्ने देखिन्छ । अतः नारायणकाजीको अहिलेको प्रसंगले पनि छानवीनको माग गर्छ । पैसाको मामिलामा मात्र नभएर यौन मामिलामा पनि छानवीनको माग गर्छ ।

कांग्रेस नेता कृष्णप्रसाद भट्टराई अविवाहित हुनुहन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो– अ अविवाहित हो तर कुमार होइन । भट्टराईको त्यस्तो भनाईलाई समाजले पचायो मात्र होइन, त्यही भनाईका कारण भट्टराईलाई सबैले सम्मानको नजरले हेरे । किनभने मानिसले इमानदार कुरा बोल्यो भने उसलाई सबैले सम्मान गर्छन् । कृष्णप्रसाद भट्टराईले अविवाहित बसेर ब्रम्हचारी हुँ भन्दै प्रचार गर्ने अनि भित्रभित्र चाहिँ अर्कै व्यवहार गर्ने काम गर्नुभएको थियो भने उहाँलाई ढोंगी भन्नुपर्ने हुन्थ्यो ।

नारायणकाजी अविवाहित हो । उहाँ कुमार या ब्रम्हचारी हो कि होइन भन्ने सार्वजनिक सरोकारको विषय होइन । तर, अविवाहित भएकाले आदर्शवादी हुँ भन्ने ढोंग गर्ने अनि विभिन्न महिलासँग नाम गासिने र सार्वजनिक प्रचारमा आउने गरी हर्कत गर्ने काम ठिक होइन ।

नारायणकाजीले चुनाव हार्नुभयो । चुनाव हारे पनि अर्काे बाटोबाट संघीय सांसद् बन्नुभयो । गत चैत यता तलब लिएको छुइन भनेर उहाँले आफ्नो भयानक मार्केटिङ गर्नुभयो । आम्दानीको स्रोत के हो नारायणकाजीको ? उहाँको देखिने कुनै पेसा व्यवसाय छैन । आफ्नै मोटर नभएकाले माइक्रोबस चढेको भनेर प्रचार गराउने नारायणकाजी नै हो । माइक्रोबस चढेर फोटो खिचेको भोलिपल्ट उहाँ आफ्नै मोटरमा सरर हुन थाल्नुभयो । ढाेंगको पनि हद हुन्छ, पराकाष्ठै ढोंग गरिदिने क्या नारायणकाजीले ।

नारायणकाजीसँगै नेपाली नेताहरुको पैसाको मामिला, यौन मामिला र बाहिर देखाउने बोक्रे आदर्श सबै विषयमा छलफल हुन जरुरी भएको छ । स्रोत सनराईज खबर

CG foods
Rastriya Banijoya Bannk
Prabhu Life Insurance
प्रतिक्रिया दिनुहोस