दाङका नेकपा र कांग्रेसका नेताहरु एकसाथ जसपामा प्रवेश

दाङ । दाङका नेकपा र कांग्रेसका एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा निकट किसान महासंघका केन्द्रीय सचिवालय सदस्य कृष्ण बैरागी, कांग्रेसका युवा नेता ढुण्डीराज न्यौपाने, कांग्रेसकै अर्का युवा नेता तथा व्यवसायी राजेश श्रेष्ठ, कांग्रेसका जनसम्पर्क समितिको पूर्व उपाध्यक्ष तथा यातायात व्यवसायी इन्द्रबहादुर डाँगी पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

यसैगरी नेकपा दाङका नेता गणेश लम्साल, कांग्रेस दाङका तरुण दलका नेता जितु डाँगी, तरुण दलका अर्का नेता दिनेश खत्री, कांग्रेस दाङ महिला संघकी नेतृ जानकी न्यौपाने, कांग्रेसकै अर्की नेतृ सरिता कुँवर पनि जसपामा प्रवेश गरेका छन् ।

कांग्रेस दाङका नेता महेन्द्र कुमार गिरी, नेकपा दाङका युवा नेता सुदन विक तथा ज्ञानु हमाल, विजय शाह, शुष्मा शाह श्रेष्ठ, पार्वता केसी, तारा डाँगी, रविना जिसी लगायत कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई हिजो जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस