काठमाडौँ । गायक सरोज साजन श्रेष्ठको नयाँ गित “त्यस्तै त्यस्तैमा” लाई आईतबार सार्वजनिक गरिएको छ । यस अघि पनि गायक श्रेष्ठका थुप्रै चर्चित गितहरु बजारमा आईसकेका छन् ।
उनका चर्चितहरु मध्ये “माया नैनी ताल ”,“रमाइलो फलेवास”,“मायालुको देश” लगायतका गितहरु अत्याधिक दर्शक तथा स्रोताका माया पाउन सफल गित हुन् ।
भर्खरै बजारमा आएको गित “त्यस्तै त्यस्तैमा”लाई पनि डिजिटल प्याल्टफर्म युटुबमा राखे लगत्तै दर्शक तथा स्रोताको साथ मिलिरहेको छ ।
यादव लम्सालले शव्द कोरेको यस गितमा संगीत चर्चित संगीतकार अर्जुन पोखरेलले गरेका हुन् भने गायक सरोज साजन श्रेष्ठको स्वर संगै अहिलेकी चर्चित गायीका समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ ।
भिडियोमा अहिलेका व्यस्त मोडल तथा टिकटकबाट चर्चामा रहेका टिकटक स्टार सुधिर श्रेष्ठको साथमा श्रेया सिटौला,डिमन क्षेत्री र रुबीशा श्रेष्ठको अभिनय रहेको छ ।
गितको भिडियो निर्देशन बिधान कार्कीले गरेका हुन् भने कोरियोग्राफी सुरेन्द्र बसेलको हो ।