प्रधानमन्त्री ओलीले आव्हान गरेको सर्वदलीय बैठक आज ११ वजे बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) बिहान ११ बजे बालु’वाटारमा सर्व’दलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराए।

देश चलाउने आफ्नै पार्टीले ठूलो मात्रामा भ्रस्टचार गरेको भन्दै अब राजा आऊ देश बचाउ भन्दै देशभर ठूलो मात्रामा युवाहरुको आन्दोलन चर्केपछि अब यसबारे  छलफल गर्न पर्ने भन्दै प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएका हुन्।

पछिल्लो समय देशभर राजा आऊ देश बचाउ भन्दै राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्रका पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन्। हाल देशभर नै राजा आऊ भन्दै चर्को रुपमा आन्दोलन भइरहेको छ।

नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव पेश गरेका थिए।

हालको कोरोना महामारीका बीचमा पनि गणतन्त्रमाथि प्रश्न उठाउँदै ठूलो संख्यामा युवाहरु सडकमा आएपछि सरकारले यसबारे ठोस कदम उठाउने भएको हो।
भोलिको सर्वदलीय बैठक दोस्रो पटकको हो। यो भन्दा पहिले वैशाखमा प्रधानमन्त्री ओलीले भारतले नेपाली भूमि मिचेको भन्दै सर्वदलीय बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस