दोलखाको बिगु गाउँपालिकामा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

रामेछाप ।दोलखाको बिगु गाउँपालिकामा बोलेरो दुर्घटना भएको छ।

आईतबार बिहान बिगु गाउँपालिका वडा नम्बर ५ चार्सामा आफ्न्तको घरबाट बाँस बसेर आउदै गरेको बा २०च ४३७३ नम्बरको बोलेरो दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेका २४ बर्षिया सुविन तामाङको घट्नास्थलमै मृत्यु भएको दोलखाकि प्रहरी निरिक्षक रुक्सा बज्राचार्यले जानकारी दिनु भयो ।

दुर्घटनामा परि बोलेरोमा सवार अर्काे एक बिगु गाउँपालिका वडा नम्बर ५ कि २२ बर्षिया कमला तामाङ घाइते भएको बिगु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मधुकर गुरुङले जानकारी दिनु भयो । उनको अवस्थ सामान्य रहेको र सिगटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस