गायक धुब्रको झन् झन् माया बस्दै

काठमाडौँ । युवा पुस्तामा रुचाईएका गायक धुब्र बिस्कोको नयाँ गित “झन् झन् माया” सार्वजनिक भएको छ । डिजिटल प्याल्टफर्म युटुब मार्फत गितलाई सार्वजनिक गरिएको हो ।

गायक बिस्कोका थुप्रै लोकप्रिय गितहरु बजारमा यस अघि नै आईसकेका छन् । गायक बिस्कोका काग दाजै,राईफलको सिरानी,मनका कुरा,ब्युटि पार्लर जस्ता थुप्रै गितहरुले दर्शक तथा स्रोतको अपार माया पाईसकेका छन् ।

दर्शक स्रोतालाई कोरोनाको महामारी बिच पनि निकै चुनौतीका साथ यस गित “झन् झन् मायालाई” बजारमा ल्याएको उनी बताउछन् । गितमा गायक बिस्कोसँगै गायीका सरु गौतमको स्वर रहेको छ । शव्द कृष्ण के.सी.ले कोरोका छन् भने गितमा संगीत गायक बिस्को स्वंयको रहेको छ ।

यस गितको भिडियोमा युवा पुस्तामा रुचाईएको नायक पुष्प खड्का,सिर्जाना के.सी.र नरेन खड्काको नृत्य देख्न सकिन्छ । गितको कोरियोग्राफि माईकल स्टेफ एण्ड आर्ट एकाडेमीको हो भने निर्देशन माईकल चन्दको हो ।

पुरा भिडियो हेर्नुहोस् ……

प्रतिक्रिया दिनुहोस