रामचन्द्र जी, माहामारीमा करङ फुस्किनेगरी के को तामझाम ?

काठमाडौं । नेपाली काग्रेंसका बरिष्ठ नेता रामचन्द्र पौड्यालले तनहुँमा दुई बर्ष अघि नै निर्माण सम्पन्न भएको पुल उद्घाटन गरेर नेकपासँग झगडा गर्न खोजेको स्पष्ट भएको छ ।

पुल उद्घाटनको विषय विवादमा आएसँगै गण्डकी प्रदेशको आर्थिक मामला तथा योजना मन्त्रालयले पुल निर्माणको वास्तविकता बाहिर ल्याएको छ ।
मन्त्रालयले उक्त पुल संघीय सरकारको बजेट र कार्यक्रम अन्र्तगत बनेको समेत स्पष्ट पारेको छ ।

मन्त्रालयले संघीय सरकारको बजेट र योजनामा बनेको भन्दै विकास निर्माणको शिल्यान्याश र उद्घाटन पनि सरकारसँँग समन्वयमा हुनुपर्ने उल्लेख गरेको छ ।

मन्त्रालयले पौड्यालको उक्त कदम हिनग्रन्थीले उत्पन्न र बहुलठ्टीपूर्ण क्रियाकलाप भएको उल्लेख गरेको छ ।

त्यसोत पौड्याललको उक्त कदमलाई लिएर यत्तिखेर तनुहँबासीले चर्को विरोध जनाइरहेका छन् । उनीहरुले पौड्यालले लामो समयसम्म अवशर पाउँदा समेत केही गर्न नसकेको र अहिले तनुहँमा देखिएको विकास देख्न नसकेर निहुँ खोजेको आरोप लगाए ।

धेरैलाई थाहा नहुनसक्छ यीनै रामचन्द्र हुन् जस्ले २७ बर्षसम्म तनहुँको माननीय र मन्त्री बन्ने अवशर पाएका थिए । यी अवधीमा उहाँले तनुहँको विकासमा अहिले देखाएको जस्तो चासो कहिलै स्थानीयहरुले भने ।

निर्वाचनमा जनताबाट बहिस्कृत व्यक्तिले रिवन काट्दै हिड्न खोज्नुपनी मर्यादाले नदिने स्थानीयहरु बताउँछन् । २७ बर्षसम्ममा पौड्याल माननीय र मन्त्री मात्र बन्नु भएन सम्मननिय् सभामुखसमेत हुनु भएकोछ, यो बेलामा के हेरेर बसेको ? जनताको प्रश्न छ ।

कोरोना माहामारीको समयमा हुलका हुल बाधेर करङ फुस्किनेगरी गरिएको तामझामदेखि समेत स्थानीयहरु रुष्ट छन् ।

समाजिक संजाल फेसबुकमा एक यूवाले लेखेका छन् : ‘रामचन्द्र जी २७बर्षसम्म तनहुँमा माननीयहुँदै, मन्त्रीसम्म बन्नु भो । सम्माननीय सभामुख पनि हुनु भएछ त्यती बेला हजुरले कती वटा पक्की पुल उदघाटन गर्नु भयोर ? कती वटा अस्पताल् बनाउनु भयोर ? कती वटा खाने पानी बनाउनु भयो ? र उदघाटन गर्नु भयो ? अहिले त्यती सानो पुल को लागि यत्रो कोरोनाको माहामरीमा आफ्नै करङ् फुस्किने गरेर हुलका हुल बाध्नु कती को जायज हो ?

समाजिक संजालमा कतिपयले पौड्याललाई बुडेसकालमा निहुँखोज्दै हिड्नुभन्दा धर्मकर्ममा लाग्न सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस