मकवानपुर – बाग्मती गाउपालीका – ५ बगेरी मकवानपुरका एकसावेटर चालक सन्देश रखाल मगरले आज आफ्नो जन्मदिन परेको र आफू हरेक रोहाअबरोह उत्तरचढाव र अभावका बावजुद धेरै संघर्ष गरेर एक कुशल डोजर अपरेटर बनेर २८ वर्ष पूरा गरेको र डोजर चलाउदै गर्दा धेरै ठाउमा ठूलो मेसिन दुर्घटनाबाट आफू धन्न धन्न बचेको स्मरण गर्दै आफ्नो जन्मदिनको अवसर पारेर आफू जस्तै डोजर चलाउदा दुर्घटना बाट मृत्यु र घाइते बनेका आफ्नो संस्थाको अपरेटर सदस्यहरुको बाल बच्चालाई उच्च शिक्षा र पालन पोषणमा टेवा पुगोस भनी आफ्नो जन्म दिन मनाउन खर्च गरिने खर्चको केहि हिस्सा बचाएर रु ५५५५ रुपैया अपरेट बिपत कोषमा जम्मा गर्ने घोषणा संस्थाको अध्यक्ष टिवी विश्वकर्मा समक्ष गर्नु भएको छ। विकास निर्माणकार्यमा पहिलो दक्ष जनशक्तिको रुपमा खटिने गरेका अपरेटरले अकल्पनीय ठाउँहरुमा आफ्नो ज्यानको प्रवाह नगरी मेसिन पुर्याएर सडक, हाइड्रोपावर, बिमानस्थाल, पुल आदि बनाउनु सामान्य नभएको र सरकारले समेत यस क्षेत्रमा कार्यरत मजदुरको उचित पारिश्रमिक जीवन बिमा र सुरक्षालाई कुनै वास्ता नगरेको गुनासो पोख्दै हामी सम्पुर्ण डोजर जन्य सवारी साधान चलाउने अपरेटर र चालकहरु एकतावद्द भै भविस्यको परिदुर्घटनाको बारे सचेत हुनु पर्ने बताउनु भयो। डोजर अपरेटर तथा सवारी चालक संघको संस्थापक सदस्य र मकवानपुर जिल्लाको विशिष्ट प्रतिनिधिको जिम्मेवारी समालिरहनु भएको मगर आफु जन्मेको आफ्नो लागि मात्रै नभएर अरुको सेेेवाको लागि पनि हो समाजमा केही गरेर मर्न सके मात्रै त्यो जन्मको सार हुने बताउदै।
रक्सी जुवा, तास,भोला चुरोट र मोजमस्तीमा रमाउने सम्पुर्ण डोजर चालकहरुले मेरो काम बाट एउटा शिक्षा सिकुन हामी सबैले अलिकति मन खुकुलो बनाउदा धेरैको ओठमा हासो दिन सक्छौ। जसरी डोजर अपरेटर तथा सवारी चालक संघले विभिन्न ठाउमा पुुुुगेर दुुखमा परेका अपरेटर चालक र मजदुुरहरुको उद्ददार गरेको छ त्यसरी हामी सबैै मिलेेर डोजर अपरेटर तथा सवारी चालक संघलाई साथ दिनलाई कम्मर कसेर लागौ भन्दै अपिल समेत गर्न्नु भयो।