काठमाडौं । नेपालको राजनीतिमा प्रचण्ड प्रवृत्तिको अन्त्य हुन जरुरी छ। प्रचण्ड प्रवृत्ति भनेको प्रचण्ड मात्र होईन,उनी लगायत उनका अन्ध भक्तका नीति,व्यवहार,आचरण समेत समेटिन्छन। एक व्यक्ति हजारौं गरिब सर्वहाराको बली चढाउदै २०ओैँ वर्ष पार्टी प्रमुख बन्दै निरंकुशता लादि २ पटक देशको प्रधानमन्त्री बन्छ तर सारमा कुनै सकारात्मक परिवर्तन हुदैन,गरिव गरिवी मै रहेन्छ कथित क्रान्तिकारी भनिनेहरु अरबती वन्छन तर उनका अन्धविश्वासी हरु अन्धविश्वासको खाडलबाट कहिले निस्कने प्रयास गर्दैनन,उल्टो तस्करी,दलाली,राष्ट्र विरोधी संग मिल्दै सत्य र न्यालाई चुनोैती दिने प्रयासमा हरदम लागिरहेका छन ।
जबसम्म उनिहरु सचिदैनन वा सकिदैनन तवसम्म नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ले जति बहुमत पाएपनि सहि दिशा ग्रहण गर्न सक्दैन फलस्वरूप देश गम्भीर दुर्घटनामा जाने सम्भावना प्रवल बनेर जान्छ।
पछिल्लो समयमा पुर्व एमालेका केही नेता कमरेडहरुमा पनि प्रचण्ड प्रवृत्तिले प्रभावित वनाउदै गइरहेको छ,जुन झन खतरको संकेतको रुपमा आएको छ। पार्टी भित्रै सम्माननिय प्रधानमन्त्री,तथा महाधिवेशनबाट आएका अध्यक्ष केपि वलीलाई पार्टी भित्रै घेराबन्दी गर्ने प्रयासले ले सबै कुरालाई स्पष्ट पुष्टि गरेको छ।
यश प्रवृत्तिको अन्त्य गर्न पार्टी भित्रकै सचेत युवा,विद्यार्थी वा सचेत कार्यकर्ताले एक पटक गम्भीर चिन्तन गर्न जरुरी छ। हिजको पुर्व एमाले र पुर्व माओवादीले पुन एकपटक आफुलाई पछाडि पर्केर आफू र आफ्नो पुर्व पार्टीको अवस्थाका बारेमा समीक्षा गर्न जरुरी छ।
१. जतिबेला माधब कुमार नेपाल,झलनाथ खनाल पार्टी प्रमुख भएर जिम्मेवारी पाउनु भएको थियो त्यो समय पार्टी कुन स्थानमा थियो???
२. माधव नेपाल पार्टी कार्यकारी महासचिव भै १५ वर्ष पार्टी प्रमुख हुदा कमरेड केपी वलीलाई कति कुनारामा थन्काईएको थियो?? कमरेड केपी वलीलाई कुनै कार्यक्रममा अतिथि बनाउदा होस वा उहको विषयमा बहस गर्दा सिंगो कमिटीलाई स्पष्टीकरण सोध्ने र कार्वाहीको भागेदारी सम्म हुनु पर्ने अवस्था थियो। पार्टीमा विचारको पुर्ण अन्त्य भै एक प्रकारले जनताको बहुदलीय जनवादको घाँटी निमुठ्ने काम भएको थियो। अहिले त्यो अवस्था अन्त्य भएको छ। नेकपा एमाले को ९ ओैँ महाधिवेशन पछी जब कमरेड केपि वली पार्टी अध्यक्ष हुनुभयो ,प्रजातान्त्रिक पार्टी भन्दानि बढी लोकतन्त्र को अभ्यास गर्ने पार्टी एमाले बन्यो। आज विधिका कुरा गर्नेले एकपटक फर्केर हर्न जरुरी छ।
३. क.माधव नेपाल ,क.झलनाथ खनाल पार्टी प्रमुख हुदा “भाले न पोथी,तेस्रो लिङ्गी, जस्ता उपनाम पाई २०६४ सालको निर्वाचनमा ३३ सिटमा खुम्चिएको एमालेलाइ २०७४को निर्वाचनमा ८० सिटमा ल्यााइ देशको सबैभन्दा ठूलो पार्टी ,र एमाले भनेपछि गर्भ गर्ने पार्टी बनाउनुमा क.केपी वलीको कार्यक्षमता र सांगठनिक क्षमता स्पष्ट हुन्छ।
४. जब एमालेको ९ ओै महाधिवेशनबाट कमरेड केपि वली अध्यक्षको रुपमा र झापाबाट संविधानसभा सदस्यको रुपमा निर्वाचन हुनु भयो पहिलो संविधानसभाको असफलताले संकटमा रहेको देशलाई दोस्रो संविधान सभा मार्फत संविधान दिने कार्य सम्पन्न भयो, नेपालले नेपालको संविधान कार्यान्वयनमा ल्यायो। देशीविदेशी शक्तिहरु असफल बनाउन पूरा शक्ति प्रयोग गर्न लाग्दा होस वा भारत जस्तो देशले नाकाबन्दी गर्दा सतीसाल जसरी नेपाली जनताको पक्षमा अडि राखेको कुरालाई गलत भन्ने हरुको नैतिकता माथि एकपटक गम्भीर विश्लेषण गर्न आवश्यक छ।
५. भारतीय विस्तारवादका विरुद्धमा चट्टानी अडा लिदै लिपुलेख,लिम्पीयाधुरा,कालापानीलाई समेटी नयाँ नक्सा बनाउने र विश्व मानचित्रमा नेपालको पहिचानलाई सशक्त रुपमा प्रस्तुत गर्ने कार्य गरेकाले क.केपी वलीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको आरोप लगाउने मनोवैज्ञानिका चिन्तनका विरुद्धमा राजनैतिक उपचार हुन जरुरी छ।
६. भ्रष्टाचार विरोधी अभियोन चलाउदै,सम्पत्ति छानवीन कार्यलाई निरन्तरता दिई यातायात, भन्सार,मालपोत कार्यालको पहिले लाखो रकम खुवाएर जान चाहने कर्मचारी अहिले त्यस्ता कार्यालयमा जान नचाहने अवस्था सृजना हुनुले ती कार्यालयको सुधार र अनियमिततामा कमि आएको संकेत गर्दछ,
७. कमरेड केपी वली १४ वर्ष जेल,संघर्ष,त्याग र बलिदानबाट आएका नेता हुन, पुष्प कमला दहालले १० वर्षे युद्धको ७५% समय भारत मा बिताइ ससुरालीमा आए जसरी घोडामा चरी रोल्पा र रुकुम गई गरिबका आखामा छारो हाल्ने बाहेक के गरे?न जेल जीवनको कष्ट थाहा छ न त्यागको ! केपी वली लाई जसरी करेन्ट लगाई यातना दिएको भय थाहा हुने थियो संघर्ष के हो !
१. नेपालमा क्रान्तिका वा जनयुद्धका नामना हजारौं गरिब सर्वहारा जनताको हत्या गरियो,१० वर्षे युद्ध १२ बुदे दिल्ली सम्झौतामा आएर अन्त्य हुनु ले हत्या र हिंसाले समाज परिवर्तन गर्न सकिदैन भन्ने कुरा स्पष्ट हुन्छ।
२. बाबुराम,प्रचण्ड लगायत मुख्य नेताका छोरो छोरी भारत का विश्वविद्यालयमा अध्ययन गर्ने तर नेपालका गाउँ वस्तीका गरिब सर्वहारा जनताका अबोध छोराछोरी पढ्ने विद्यालयमा बुर्जुवा शिक्षा भन्दै किताब जलाउने र नेपाली आम जनातलाई बन्दुक र बम थमाई अशिक्षाको अन्धकारमा राख्ने कार्य गरियो । १० वर्षमा लाखौं जनता शिक्षा पाउनबाट बञ्चित भए,यसको क्षतिपूर्ति कस्ले दिने ?
३. प्रचण्ड २५ ओैँ वर्ष पार्टी प्रमुख भए,उनले बनाएको पार्टीमा विचार काहाँ छ?? कहिले कांग्रेस संग मिल्ने आफ्नो छोरीको लागी मतपत्र च्यात्ने कहिले एमाले संग मिल्ने आफ्नै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने ! उनी आफ्नो छोरी,ज्वाईं,बुहारी भन्दै परिवारवाद भन्दा माथि उठ्न कहिले सकेनन । पुष्प कमललाई “प्रचण्ड”बनाउन सहयोग गर्ने युद्धका नाममा गोली खाने हरुको अवस्थाका बारेमा उनलाई कुनै मतलब छैन।
४. सात(७)हजार को संख्यामा रहेको माओवादी लडाकुलाई ३५ हजार पुर्याएर क्यान्टोनमेन्टका लडाकु,घाईते,युद्धमा मरेका आफन्तलाई भनेर राज्यकोषको करोडौं रकम भ्रष्टाचार गरेको कुराको भिडियो रेकर्ड सार्वजनिक हुदा माओवादीहरु कति नैतिकवान रहेछन भन्ने कुरा प्रष्ट हुन्छ।
५. प्रचण्ड र प्रचण्डको माओवादी पार्टीलाई मोहोन वैद्य,बाबुराम भट्टराई,नेत्र विक्रम चन्द,गोपाल किराँती,विश्वभक्त दुलालले भन्दा अरु कस्ले राम्रो संग चिन्न सकेका होलान् ? उनिहरुकै विश्लेषण पढ्दा बास्तबिकताको नजिक जान सकिन्छ,प्रचण्डबाट प्रवृत्तिले उनी संगै युद्धलडेका हरु त विश्वस्त हुन सकेनन भने आम सर्वसाधारण जमताहरुको अवस्था के होला?
६. प्रचण्ड ले क.केपी वलीलाई अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा आरोप लगाइरहदा उनी २ पटक प्रधानमन्त्री भएको समयमा लिपुलेख,लिम्पियाधुरा,कालापानी को विषय उठाई त्यसलाई नक्सामा समेट्न किन सकेनन् ? जबजब पुष्प कमल दहाल पार्टी र राष्ट्रको प्रमुख बन्छन विदेशी शक्ति खेल्ने मोैका पाई देश र अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर हुने गरेको छ जसको ज्वलन्त उदाहरण पहिलो संविधानसभा लाई लिन सकिन्छ ।
७. नेपाली जनतालाई भावनात्मक मनोबैज्ञानिक त्रसित (blackmail) गर्दै मूर्ख बनाई भारत लगायत देशको संरक्षण र सहयोगमा १० वर्षे कथित जनयुद्ध गरियको भन्ने कुरा भारतीय परराष्ट्रविद एस.डी.मुनि को Maoist Insurgency in Nepal,सुमन प्रधानको Nepal in transition र सुधीर शर्माको प्रयोगशाला किताबमा स्पष्ट पारिएको छ।
८. युद्धका क्रममा बुर्जुवा,शोषक,सामन्त भनेर जसरी व्याख्या गरिन्थ्यो आज त्यो चरित्र उनै माओवादीहरुमा देकिएको छ। काठ ढुङ्गा,बालुवा देखि जडिबुटी तस्कर,अवैध रक्सी देखि क्यान्टोनमेन्टको को करोडौं रकम हिनामिना, ३३ किलो सुन तस्कर सम्मका काण्डमा हिजोका पुर्ब माओवादी संलग्न वा संरक्षक देखिन्छन।
९. पहिलो संविधानसभाको निर्वाचनमा डर त्रास आतंक र बुथ कब्जाको माध्यमबाट पहिलो पार्टी बनेको माओवादी लाई स्थानीय निर्वाचन २०७४मा कांग्रेस संग मिल्दा पनि जनताले वास्तविक धरातल देखाईदिए र प्रचण्ड समाप्तको संघारमा छट्पटीने अवस्थामा पुगे।
मथिका सबै विषयलाई गम्भीर चिन्तन वा विश्लेषण गर्दा यदि यो देशलाई विकास र समृद्धिको यात्रामा दोैडाउने हो भने पुष्प कमल दहालले प्रचण्ड प्रवृत्ति लाई त्यागेर मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादमा आउन जरुरी छ। विश्व कम्युनिस्ट आन्दोलन कमजोर भै राखेको समयमा,कम्युनिस्टहरु सत्ता संचालन गर्न सक्दैनन् वा जनता बाट अनुमोदित हुन सक्दैनन् भन्ने आरोप लागिरहेको समयमा जनताको बहुदलीय जनवाद मात्र यस्तो विचार हो जसले मर्नलागेको कम्युनिस्ट पार्टी वा विचारलाई रक्तसञ्चार दिएको छ।
आज जनताको बहुदलीय जनवाद वा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नहुदो हो वा एमालेमा कमरेड केपी वली जस्तो नेतृत्व नहुदो हो त ,नेपालमा उहिले नेै कम्युनिस्ट पार्टी वा विचार मरिसकेको हुने थियो। विश्वका शक्तिशाली पश्चिमी देखि दक्षिणपन्थीहरु नेपालमा कम्युनिस्ट विचारको उदय र प्रभावलाई देखेर आत्तिएको अवस्थामा यदि नेपालले यहि हसिया हतोैडाको झण्डा मुनि रहेर सुर्य छाप बोकी देशको आर्थिक,सामाजिक,राजनैतिक विकास गरि समृद्धि हासिल गर्ने हो भने उनिहरुको देशमा पनि सत्ता हल्लिने खतार भएकाले जसरी पनि नेपाल कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन चाहन्छन त्यसमा प्रयोग हुने सजिलो पात्र भनेको पुष्प कमल दहाल हुन र प्रवृत्ति बनेको “प्रचण्ड प्रवृत्ति ” हो।