सानूकाजी डंगोल सहितका मजदुर नेताहरु अविरजात्राले सम्मानित

नवलपरासी – (CSCEC)चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमा  कार्यरत मजदुरहरुले अफ्नो माग पूरा भएको मा खुशियाली मनाएका छ्न। यसै खुशीय्यालीमा आफ्नो माग पूरा गर्न महत्त्वपूर्ण भुमिका खेलेको मा धन्यवाद दिदै अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपरासीको अध्यक्ष सानुकाजी डङोल र स्थानिय समाजसेवी तथा मजदुर नेता लोक प्रसाद भुर्तेल ‘भीषण’ र डोजर अपरेटर तथा सवारी चालक संघको केन्द्रिय अध्यक्ष टिबी बिश्वकर्मा ‘हिमाल’लाई अबिर जात्राले सम्मानित गरेका छ्न।
चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको बुटवल नारायणगढ सडक खण्ड बिस्तार राष्ट्रिय गौरवको परियोजनामा कार्यरत हेवी इक्युप्मेन्ट अपरेटर, सवारी चालक र विभिन्न क्षेत्रमा कार्यरत ३०० जना मजदुरहरुले उचित पारिश्रमिक र कुनै पनि सेवा सुविधा नपाएको भनी पटक पटक आन्दोलन, हडताल र बिरोध गर्दै आएता पनि कुनै सुनुवाइ भएको थिएन।
२०७७ मंसिर १३ गते शनिवार बाट सुरु गरिएको आन्दोलन, हडताल र बिरोधमा सर्बप्रथम डोजर अपरेटर तथा सवारी चालक संघले एक्यवद्धता जनाई १४ गते ट्रेड युनियन संग संबन्य गरि सम्पुर्ण मजदुरको मागपत्र अध्यक्ष डङोललाई बुझाएको थियो। मजदुरहितको लागि दस वर्ष जनयुद्धमा समेत सामेल भएका डङोल र भुर्तेलले १६ गते मंल्गलबार जिल्ला प्रशासन कार्यलय नवलपरासी (बर्दघाट सु. पु) जिल्ला अधिकारी श्री मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलय नवलपरासी (बर्दघाट सु. पु)मा स.प्र जि अ मोहन बहादुर थापा, प्रहरी नायव उपरीक्षक मोहन ब. खाड कपनीका योजना प्रमुख रमेश कु दृस्टी प्रोजेक्टका म्यानेजर भुमीनन्द ढकाल र कन्ट्राक्ट म्यानेजर डण्डपाणी जैसी, कम्पनीका ARE प्रबिण थापा प्र अ आनन्द शर्मा भुसाल बासुदेव गैरे,लक्ष्मण गुरुङ सानुकाजी डङोल, तुलसी प्रसाद गुरुङ,दुलमणी महतो, खेमानन्द पौडेल ,राना कुमार श्रेष्ठ,जिबलाल न्यौपाने ,श्याम कुमार श्रेष्ठ, बरिस्ठ अपरेटर हरी श्रेष्ठ , मीन प्रसाद पाठक उपस्थितभै सम्पन्न बैठकमा नेपाल सरकार श्रम ऐनले तोकेको मजदुरहरुले राखेको सबै माग पूरा गर्ने भनी गरिएको बार्तामा कम्पनी तर्फबाट कपनीका योजना प्रमुख रमेश कु दृस्टी प्रोजेक्टका म्यानेजर भुमीनन्द ढकाल र कन्ट्राक्ट म्यानेजर डण्डपाणी जैसी, कम्पनीका ARE प्रबिण थापाले नेपाली श्रमिकहरुको हितबिपरित कुनै पनि कदम नचाल्ने प्रतिबद्धता सहितको बार्ता पूरा भएको छ। संबंधित निकाय र मजदुर सहित गरिएको बार्तामा अझै मजदुरको माग  पूरा नभए चुप नबस्ने अखिल नेपाल ट्रेड युनियन महासंघ नवलपरासीको अध्यक्ष सानुकाजी डङोल , स्थानिय समाजसेवी तथा मजदुर नेता लोक प्रसाद भुर्तेल ‘भीषण’ र डोजर अपरेटर तथा सवारी चालक संघको केन्द्रिय अध्यक्ष टिबी बिश्वकर्मा ‘हिमाल’ ले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस