प्रधानमन्त्री ज्यु न्याय दिलाउनुहुन्छ कि देहत्याग गरौं

काठमाडौं ।  १. घटना आफ्नै आँखा अगाडिको घटना अझ भनौ लाग्छ आफ्नै घरको घटना ! घटना सुरुहुन्छ करिब ०६५ सालको सुवात तिर बाट । देसको दुरदराजको जिल्लाको कुनै एउटा दुर्गम गाँउमा हुर्कदै गरेकी अत्यन्तै सोझी , मिलनसार भर्खर भर्खर Slc सकेर कलेज सुरु गरेकी, कलेज घर छोडी डेरा बसि पढ्न पर्ने , ती सबै दिन सबै समय ठिक ठाक चल्दै गए । कृषक बुबा आमाले करिब प्रबिणता प्रमाणपत्र तह पढाउनु भयो तर दुर्भाग्य उन्ले कम्पिलिट्ली पास गर्न सकिनन ! पुन: गाउँ फर्किन बिभिन्न सामुदायिक सँङ्घ सस्था , सरकारी ,अर्ध सरकारी र गाँउका विभिन्न सहयोगी सस्थाको अग्रणी स्थान्मा रहि गाँउकै सेवा गर्न थालिन ! ब्याक पेपर लेख्दै पनि थिइन ! गाँउमा यति राम्म्रो भुमिकामा थिइन उन्को चाल चलन भोलि चाली र लगन देख्दा सिङ्गै गाउँ नतमस्तक थियो , अझ भनौ गाँउका हरेक साना देखि ठुला मुद्दाहरुका अन्यायका बिरुद्द न्यायाधीश सरहनै थिईन , गाँउलेले त्यसरिनै मान्दथे । चट्टान झैं ठहर्थ्यो उन्को निर्णय ।

यो लेख र प्रसंगलाइ सहज बनाउन म उनको नामलाई पुर्णिमा राख्न चाहन्छु

०६७ शाल तिरको कुरा हो आफ्ना परिवारकै कोहि सदस्य भाइ भतिजो वा भदा वा साइनोमा आफ्नै पर्ने कोहि बैदेसिक रोजगारिको सिल्शिलामा कतार बस्दो रहेछ । त्यसै सिल्शिलामा ती कतार बस्ने आफन्त मार्फत उन्को साथी सँग फोन्मा चिन्जान भएछ अझ भनौ त्यही भाइले एक्दमै मिल्ने साथी भनेर चिन्जान गराएछ । तर अचम्म चै त्यो भाइलाइ नै थाहा रहेन छ कि उस्ले आफ्नो सम्पुर्ण बायो नक्कली बताएर भाइको मन समेत जिति सकेको रहेछ !

समय बिद्दै गयो भाइले पुर्णिमालाइ दिदी यति असल मानिस त कम पाइन्छन भन्थ्यो रे , अनायसै त्यो अजनबी भाइको साथी उमेरले अलि पाको ले एक दिन म तिम्म्रो घरमा तिम्म्रै बुबा आमा सँग माग्न आउछु बिहे गरौं भनेछ ।

हुर्केकी छोरी घरमा आफ्नै रोल्क्रम पनि आइ सकेको , बुबा आमा बृद्द भै सक्नु भएको र आफू पनि सानोतिनो नोकरिमा अल्झी सकेकिले ठिक छ आउनोस बुबा आमा सँग कुरा गर्नोस उहाँहरुले माने बिबाह गरौंला म तपाँइलाई चिन्दिन भनी पुर्णिमाले भनिछन ।
यसैक्रम्मा ०६७ शालको १०/१२ गते तिर आइ आफ्नो घर नेपाल्मै नभएको आफू भारतिय मुल्को भनेर सिधै पुर्णिमाको घर गै बुबा आमा लगायत परिवारका अन्य सदस्यको मन जिति आफ्नो असली हुलिया पुरै ढाँठी २०६७ माघ २१ गते रात्री लगन्मा केटाले एक दुई जना साथी लिइ पुर्णिमाको घरमै आँगन पोलि भोलि पल्ट बिहान उन्लाइ माइतिले अन्माही दिए ।

बिबाह पुर्ब केटाले आफ्नो केही पुर्खेउली जमिन मकवानपुरको कुनै गाँउतिर भएको र आफ्नी आमा समेत त्यतै भएको पनि पुर्णिमाको बुबा आमालाइ भनेको रहेछ र साथसाथै काठमाडौ मा आफुले बिदेस बसि दुख गरेर एउटा घडेरी समेत जोडेको भनी पुर्णिमालाइ अब हामी काठमाडौ मै बस्ने भनि अन्बाएकै भोलि पल्ट लिएर काठमाडौ को यात्रामा निस्कियो जबकी पुर्णिमालाइ त्यो दिन सम्म काठमाडौ को नाम सम्म थाहा थिएन देख्नेत परैको कुरा !

भोलिपल्ट रात्री बसको २४ घन्टा लामो यात्रा पछि थकित शरीर लिएर पुर्णिमा एक अजनबी पति सँग काठमाडौ उत्रन्छिन , एक दुई दिन होटल्को बासहुन्छ, अजनबी उन्को शरीर सँग खेल्न थाल्दछ पुर्णिमा बिबस हुन्छिन किनकी उनी माइतिले आगन पोलेर समाज राखेर अन्माएकी छोरी थिइन ।
समय बिद्दै गए , केही दिन्मा त्यो अजनबिले एउटा फ्ल्याट खोजेछ न्युनतम सामान , पकाउने भाँडा कुडा समेत नभएको रित्तो रुम्मा छिर्दा पुर्णिमाको मन झन झन अत्तालिएछ । छल्फल भयो र भन्योकी हेरन म सँग अलि अलि भएको पैसा बिबाहमै सकियो भोलित कमाइ हाल्छु नि आज तिमी सँग भए जोहो गरन सामान हालेर बसौं ! हो न हो पुर्णिमालाइ के थाहा कि उ झुट बोली रहेछ वा साँचो , उन्ले साचै ठानी केही पैसा आफुले गाँउमै जागिर गर्दा कमाएको र जोहो गरेकी रहिछन त्यही पैसा निकाली रुम मेनेज गरि नब दम्पतिको नया जिबनी सुरु हुन्छ हरेक रात उनी आफ्नो अस्मिता पती रुपि अजनबिलाइ बिना स्वार्थ गर्व नरहने औषधि अजनबिकै अनुरोधमा खाइ आफुलाइ लुटाइ रहन्छिन ।
समय बिद्दै गए करिब तीन चार महिना त्यँहा बसेपछी उन्लाई एक्कासी कोठा सर्न पर्ने भयो भनी साँझमा दिन्भरी हराएको पति परमेस्वरले कोठा छिर्दै सुनाएछ उनी झसंङ्ग हुँदै भनिन के भन्नू भएको यो ?? अजनबिले भनेछ हैन त्यस्तै पर्यो म मेन पावरतिर काम गर्छु अफिसमा अलिक अफ्ट्यारो होला जस्तो छ त्यसैले हामी सुरक्षित हुन पर्ने भएर हो अन्यथा नसोच भनी उन्लाइ फकाएछ ।

भोलि पल्टै कोठा खोजेर ललितपुरको कुनै क्षेत्रमा रुम सारियो त्यँहा पनि कोठा बन्दोबस्तिको लागि पुर्णिमाकै बैंक एकाउन्ट घटाउन उन्लाइ त्यो अजनबिले बिवस बनायो उनी मान्दै गइन लुटिई रहिन चुप चाप लुटिई रहिन।
एबम क्रमले त्यँहा सरेको दिन बाट पुर्णिमाले मेरो बिहे दर्ता गरिदिनोस, आमा हुनुहुन्छ भन्नुहुन्छ भेटाइ दिनोस , काठमाडौ मा घडेरी छ भनुहुन्थ्यो देखाउनोस भनेर अनुरोध जब जब गर्थिन उ अनायसै पुर्णिमालाइ टार्ने , झुट बोल्ने तर झुठो नठहर्ने तवरले उन्लाइ कन्भिन्स गर्दै गयो तर पुर्णिमाले दिनदिनै यिनै बिसयले धेरै नै च्यापे पछि उन्लाइ धम्क्याउन थाल्यो र भन्यो तलाँई किन चाहियो बिहे दर्ता ? किन चाहियो आफन्त ? किन चाहियो घडेरी र किन चाहियो मेरो बारेमा जानकारी ? र किन चाहियो सन्तान ??
यसो भन्दै पुन पुर्णिमाकै खर्चमा आफ्नो दिनचर्या बढाउदै लग्यो , समय बिद्दै जाने क्रम्मा उसले एक्कासी एक दिन अब यसरी भएन म मलेसिया जान्छु तिमी यहिँ बस्नु भनेर पुर्णिमाकै खर्चमा मलेसियाको यात्रा तय गर्यो तर पैला मेन पावरमा काम गर्छु भन्ने गरेको समयमा एक रुपयाँ पुर्णिमालाइ कैलेई देखाएन उन्को खुसिकोत के कुरा !
यतिकैमा अजनबी मलेसिता उड्यो यता पुर्णिमा बिरानो सहरमा एक्लै बस्ने कुरै भएन अनि त्यही अजनबिको सल्लाहमा उन्ले आफ्नो सामान भक्तपुर कोहि आफन्तको मा थन्क्याइ पुन माइती फर्की आफ्नै पुरानो जागिर पुन हार गुहार गरि सुरु गर्न सफल भइन ,यद्दपी उन्ले पहिला यो बितेको ४/५ महिनामा राजिनामा भने चै नदिएको बताउछिन।
समय बिद्दै गए पुर्णिमा आफ्नै जागिर आफन्त र माइतिमै दिन बिताउदै गइन र उता अजनबी पनि ठिक ठाक भएको र फोन्मा कुरा गर्दा imo मात्र चल्छ भनी अन्य सोसियल मिडितामार्फत पुर्णिमा सँग कुरा गर्दैन रहेछ र कैले काहीँ तीन चार महिनामा करिब करिब त्यो नि हुन्डी मार्फत १५/२० हजार रुपैयाँ पठाइ दिदो रहेछ ।यसरिनै पुर्णिमाका दिनहरु बित्तै गए ।
बिहे भएकै मितिबाट करिब पुग नपुग ५ बर्सको जागिर गरिरहदा उ बिदेसबाट छुटी आउने र हरेक तीन बर्समा छुटिबाट आएको बेला माइतै गई उतै सँगै बसि जागिर छोड्न दबाब दिई रहने र एक डेड महिना सँगै माइतिमै बसि बिदेस जाने गर्दै गर्दा उन्ले ५ वर्स जागिर गरि पर्देसिएको पतिकै दबाब्मा जागिर छोडी पुन भक्तपुर आफन्तकोमा राखिएका सामान निकाली नजिकै कतै रुम लिएर एक्लै बस्न थालिन ।
समय बित्दै गए फेरि उस्को छुट्टि आउने तरखर भयो भिडियोकल्मा दुई तिन्टा लगेज देखाएको पुर्णिमा बताउछिन र भोलि उडान छ भनी फोन राखेको त्यो पर्देसी करिब २२ दिन पछि त्रिभुवन अन्तरास्टृय विमानस्थल बाट बाहिरिने बित्तिकै आफू आएको र रुम नदेखेकोले लिन आउन भन्छ त्यो नि रातको समयमा। सोझी पुर्णिमा ट्याक्सी लिएर चोक सम्म आउन भन्छिन र आफू चोक आउने सुनाउछिन तर उ भन्छ आफू लुटिएको र साथमा ट्याक्सी भाडा समेत नभएकाले आउन नसक्ने बताउछ । पुनः पुर्णिमा भन्छिन लिएर आउनु म तिरौंला ! उ आउँछ पुर्णिमा सँग भेट हुन्छ ट्याक्सिभाडा पुर्णिमाले आफै तिर्छिन । पुराना पुराना कपडा लगाएको एउटा स्कुले केटाकेटिको झै ब्याग भिरेको र साथमा अन्य केही नभएको पति देख्दा उनी खङ्ग्रङ्ग सिताङ्ग हुन्छिन। जसोतसो आफुलाइ सम्हाल्दै रुम पुर्याउछिन भित्र छिर्न नपाउदै पैला उन्को अस्मिता सँग झम्टन्छ र आफ्नो प्यास बुझी सकेपछी भोक लागेको भन्छ अनि जब पेट भरिन्छ अनि मात्र पुर्णिमालाइ अनेकौं बेलिबिस्तार लगाउछ र भन्छ बिरामी भएँ , कमाउन सकिन र आफू मलेसियाको एयर्पोर्ट आँउदा बाटोमै तामिल्हरुबाट लुँटिए ! पुर्णिमा गहभरी आसुँ पार्छिन र आफुलाइ सम्हाल्दै उस्को साथ दिदै उसैलाइ श्याहार गर्न थाल्छिन , उन्को नोकरी पनि अब कैलेई नफर्कने गरि सकिसकेको छ।

कोठाको बसाइ कोठा भाडा, बिजुली पानी र फोहोरको पैसा , काठमाडौ को महङ्गी र लोग्ने को त्यो अवस्था ले उन्लाइ भित्र भित्रै उकुस मुकुस भै रहेको हुन्छ तर पनि आफू सम्हालिदै आउदा दिन सुखमय भै बित्ने आसामा लोग्ने कै बिचारलाइ आफ्नो ठानी अगाडि बढी रहन्छीन आधा पेट खान्छिन , चिसो तातोको परबाह नगरी अगाडि बढी रहन्छिन !
समय बिद्दै जान्छ करिब एक महिनालाइ छुट्टि आएको भनेको पनि १५ दिन नबिद्दै पुन बिदेस जान्छु बनी हिड्छ र उहीँ इमो मार्फत एक हप्ता पछि संपर्कमा आउँछ। यो पालि भने उस्ले पुर्णिमालाइ मलेसिया आउ भनी जबर्जस्ती पासपोर्ट पनि बनाउन लगाएको उनी बताउछिन र बिस्वासमा परि पासपोर्ट समेत आफ्नै खर्चमा बनाएको समेत बताउछिन । यति हुँदा सम्म करिब करिब २०७२ शालको त्यो बिनासकारी भुकम्पको साल लगभग सकिने तयारी हुन्छ।

समय बिद्दै जान्छ पुर्णिमाको पति पुन कैलेई पर्देस नजानेर उन्लाई सुख दिई राख्ने भन्दै फोन्मा कसम खादै २०७६ को असार तिर पुन स्वदेस फर्कन्छ । पुर्णिमा पनि बितेका दुख भुल्दै खुसी हुन्छिन उ पनी आउँछ , देसका विभिन्न मठमन्दिर , पर्यटकिय स्थल घुमफिर हुन्छन , चाडबाड आउँछ र माइती ससुराली आफन्तको मा टीका लगाउन दसैमा प्राय दुबै जना सँगै पुग्दछन तर पुर्णिमाले आफ्नो बिहे दर्ता , आफन्त लगायत यो लेखको माथी तिर उल्लेखित तनाम कुराहरु इभन उस्को नागरिकता र पासपोर्ट सम्म को गन्ध पाउदिनन र उ ढाटिइ रहन्छिन ।दसैंको टीका लगाइ सकेर माइतिमै बस्न भनी पुर्णिमालाइ भनिन्छ र आफू कैलेई पुर्ब नघुमेकोले इलाम घुम्न जाने बताउछ र तात्तातो निर्णय गरि हिड्दछन पुर्णिमा माइतिमै बस्छिन ।
बिचमा तिहार आउँछ यो बिचको पिरियडमा कहाँ गए को सँग बसे सम्मको सुँइको सम्मको पुर्णिमाले

२.पाउदिनन र तिहार उन्ले एक्लै माइतिमा दाजु भाइ सँग मनाउछिन यसै क्रम्मा फोन आउँछ र काठमाडौ आउन भनिन्छ र पुर्णिमा काठमाडौ आउछिन र उ पनि आउँछ पुन बसाइ सुरु हुन्छ । पुर्णिमा सोध्छिन यत्रो दिन कहाँ बस्नुभयो ? जवाफ आउदैन , तर भनिन्छ घुमघाम थियो साथिहरु सँग पुर्ब तिर थिँए ! पुर्णिना पुनः थप्दछिन मेरो बिहे दर्ता ? आफन्त भेटघाट ? सन्तान ? जवाफमा एक्कासी झर्किइन्छ र भनिन्छ चुप तलाँई म भए भएन र ??

पुर्णिमा चुप लाग्छिन र उसैको बिस्तारा गरम गर्न रातको समय पर्खन्छिन अझ धेरै समयत दिन्मै उस्को खजना बन्छिन ।

एबम क्रमले दिन बित्दै गए पर्देस कैलेई नजाने कसम खाएर फर्किएर को पतिले भन्न थाल्यो म सँग पैसा छोइन पैसा खोज पसल खोजेर किनौला ,अथवा एउटा गाडी किनौ मलाइ चलाउन आउँछ आदि आदि भनेर पुर्णिमालाइ असाद्यै सताउन थालेछ । दिन बित्तै गए बिचमा ०७६ को दसैं तिहार पछि आफुलाइ बिराम लागेको भनी सुगर प्रेसर र हाइड्रोसिल भै आफू सिथिल भएको भनी भक्तपुरका विभिन्न अस्पताल्मा पुर्णिमाले आफ्नै पैसामा उपचार समेत गरेको बताउछिन , यतिमात्र हैन आफन्त माइती र दिदी सँग ॠण काढी काढी उस्को उपचार गरिछन , उपचारकै क्रम्मा हाइड्रोसिल भएको भनेको मान्छेको लागि अल्ट्रासाउन्ड गर्न उन्ले आफै बिल काटी सकेकी रहेछिन र जौं अल्ट्रासाउन्ड को लागि भन्दा झन्डै पुर्णिमालाइ कुटेन छन , अनि भनेछन लाज हुदैन गुप्ताङ्ग कसरी देखाउने ?? पुर्णिमा निशब्द भइन ।

फर्किएर दुबै जना कोठामा आए त्यसपछी झनझन पुर्णिमा माथी मानसिक् सारिरिक प्रेसर बड्यो उन्को पाठेघर सम्म गर्बनिरोधक औसधिकै कारण फ्याक्न पर्नेसम्म अवस्थामा पुगेको उन्ले सुनाइन , त्यतिबेला त पतिले सन्तान नभएको आफ्नै श्रीमतिको पाठेघर जोगाउन लाग्नुत कताहो कता उल्टै यो फ्याँकी हाल्न भन्न थालेछ ।र पुर्णिमालाइ उसको सुरु बाटकै ब्यबहारले गर्दा मुटुको समेत समस्या थपिएछ र आफ्नै बल बुतामा गंगालाल हृदयरोग केन्द्र काठमाडौ मा बिभिन्न समयमा मुटुको बचाउको लागि आफुले उपचार गर्न परेको समेत गहभरी आँसु घुमाउदै सुनाउछिन ।

यसरिनै दिनहरु बित्दै थिए पुर्णिमाका अचानक ०७६ मंसिर को २०/२२ तिर एक्कासी मलाइ साहुले बोलायो पुन जानू पर्यो भनी बेलुका कुरा सुनाएको पति भोलि पल्टै आफ्नो एउटा झोला बोकि निस्कियो कोठाबाट तर पुर्णिमाले अपर्झट भनी सोध्दा तँलाई किन चाहियो भनी रिसाएरै बिदा भएको सुनाउछिन पुर्णिमा ।

यो बिचका करिब करिब नौ बर्स पुर्णिमाका लागि दुखदायी मात्र हैन उन्ले कमाएको इज्जत , उन्ले दुख गरेर जोगाएको ८/१० लाख क्यास र आफ्नो स्वास्थ सबै गुमाइ सकेकी छिन भने त्यतिकै मात्रमा ॠण लागेको सुनाउछिन।

त्यो दिन जुन दिन पती घरबाट निस्किएर हिडे त्यसपछी उन्ले त्यही ०७६ को माघ १९/२० सम्म हप्ताको एक चोटिका दरले त्यो करिब दुई महिना एक्दमै पातलो संपर्क गरे र अन्तिम दिन जुन दिन फोन्मा कुरा नानी हुँदा उस्ले भन्यो मेरो कारणले तैंले दुख पाइस म भोलि एक लाख पठाइदिन्छु म बस्दा लागेको ऋण तिर्नु भनी भनेर राखेको फोन आज सम्म पुन : सुन्न देख्न र बोल्न नपाएको पुर्णिमा सुनाउछिन भने त्यो एक लाख को त झन कसरी सम्झने जबकी उन्को यो दस बर्समा तीन चार महिनामा १५/२० हजार पठाइदिने उन्को पतिले यत्रो रकम पठाउला भन्ने एक रति बिस्वास थिएन पुर्णिमालाइ र आसा पनि नभएको सुनाउछिन र अझ थप्दछिन कि सँगै बसेको बेला बिबाहमा माइतिले जोडिदिएको दाइजो पेवा समेत त मासेर खाइ सकेर हिडेको मान्छे बाट यो कसरी संभब छ भन्छिन ।

त्यसपछी त्यो कुराकानिमा उन्लाइ भिडियो कल भएको र रुमको अवस्था देख्दा पति नेपाल्मै भएको संखा लागेर उन्ले आफ्नै पाराले अनौपचारिक खोजी गर्न सुरु गरिछन तर उनी सँग न नागरिकता न पासपोर्ट न असली नाम न जिल्ला न स्थानिय ठेगाना केही पनि नभएकोकोले उन्लाइ अझै धेरै समस्या भएको बताउछिन । यतिकै मा एक दिन पतिले लगाउने गरेको एउटा पाइन्ट चलाउने सिल्सिलामा भित्र गोजिमा पर्स जस्तो भेटेर हेर्दा उक्त पर्स पुरानो भएर फ्याँक्ने तयारी गरेको जस्तो लागेकोले त्यो पर्स खोतली हेर्दा मलेसियाका केही काड र पासपोर्ट को फ्रन्टपेज को कपि हात पार्न सफल भएको सुनाउछिन । जब त्यो कपि हेर्दछिन उनी छाँङ्गा बाट झर्छिन र त्यँही ढल्छिन !

बन्द कोठा आफ्नै पारा कसैले नबोलाउने र घरधनी सँग पनि बाक्लो हाइहेल्लो नभएकोले पुर्णिमा आफू ढलेको करिब नौ बजे बिहान तिर र होस आउदा करिब १२ बज्न लागेको बताउछिन र भन्छिन मेरै घरमा मेरै बाबा आमा सँग मागी मेरै आगन पोलेर गोडा धोएर अन्बाएको ज्वाँइले यसरी ढाट्ला र मेरो जीवन सँगै हाम्म्रो पारिवारिक संस्कृती रितिरिवाजलाइनै धावा बोलेको होला भन्ने आफुले कल्पना सम्म गर्न नसक्ने र आफू पुर्ण रुपमा ठगिएर बिछिप्त भएको बताउछिन।

त्यसपछी उन्ले मनमनै आज बाट पति जिँउदै भएनी मरे सरह भएको र आफुलाइ समेत नर्कमा हालेको निस्कर्स सहित उस्को पासपोर्ट को आधारमा स्थानिय ठेगाना पत्ता लगाउन आफुलाई करिब ९/१० महिना लागेको र झन त्यो पत्ता लगाइ सकेपछि त झन अब आत्महत्या गर्नु बाहेकको बिकल्प नदेखेको र चारैतिर अन्धकारको कुहिरो मडारिई रहेको सुनाउछिन ।

लेखकले ज्यादै करकाप गरेर सोधपुछ गर्दा पुर्णिमा भन्छिन पतिको पैलो बिबाह करिब ५०/५२ साल तिरै भएको र उन्को दुई छोरी हाल उच्च सिक्षा र एक छोरा कक्षा ११ मा पढ्दै गरेको र मलेसिया बस्दाको कमाइले उस्ले तिनै सन्तान र घरमा लगानी गरेको थुप्रै तथ्यहरु बताउछिन र यति मात्र नभै पतिको पैलो श्रीमती गएको स्थानिय चुनाबको महिला जनप्रतिनिधि समेत रहेको पत्ता लगाएको सुनाउछीन।

३. पुर्णिमा अगाडि भन्छिन यो समाचार संकलन गरि लेख्दै जाने क्रम्मा मेरो यो ब्यथाको मजाक मात्र हुन्छ भने मलाइ यो समाचार बाहिर ल्याएर मर्न अरु प्रोत्साहित नगर्ने सर्तमा लेखकले यो सामागी संकलन गरेका हुन ! उन्लाइ न्याय दिलाउन र उन्को यो वास्तविक कथा सुन्दा जोकोहिनी रुन्छ होला तर नेपाल्को कानुन , यहाँको प्रहरी प्रसासन र अदालत सम्म उन्को यो पीडाका लागि उन्लाइ न्याय दिलाउन खै कस्ले सहयोग गर्ला ?? उनी आफुलाइ न्याय दिलाउने कोहि छ भन्नेमै बिस्वास गर्दिनन र भन्छिन यदि न्याय पाए मलाइ त्यो पति भन्ने अपराधी बाट अंश लिएर आफू एक्लो जिन्दगी बिताउने सुनाउछिन ।

४.यसरिनै पुर्णिमाको फुलझै जिन्दगी उजाड्ने त्यो मानबरुपी दानबहरुको रजाँई चल्दै गर्दा उनी भन्छीन गएको दसैको उस्को इलाम घुमघाम पनि म जस्तै कुनै अवला नारी सँगै बिताएको केही अपुस्ट प्रमाण आफुले कठ्ठा गरेको उनी बताउछिन , लेखक्को कलम रोकिन्छ ।

अन्त्यमा

लेखकको तर्फबाट ।

यो देसमा रास्ट्रपति महिला , कानुन मन्त्रालय महिलाले संहालेको छ, देसका भएभरका जम्मै स्थानिय तहका उपाध्यक्ष महिला छन, यतिमात्र नभै रास्टृय महिला आयोग छ , महिला अधिकारका नारा बोकेर हिड्ने सरकारी गैरसरकारी सँङ्घ सस्था पनि त्यतिनै होलान ! विभिन्न पावरफुल मिडियाहरु होलान तर न्याय लिन उन्ले कहाँ जाने ?? जबकी उन्को बसाइको मिनेट मिनेटको सुराकी त्यो पति भनाउदाले राखेकै कारण उन्ले करिब एक साल्को घर भाडा ॠण गरि तिरी त्यँहा बाट अन्यत्रै रुम सरेको बताउछिन तर रुम त सरे अब रुम भाडा कसरी तिर्ने के खाने अनि भबिस्यमा कसरी अगाडि बढ्ने र म कसरी सुरक्षित रहने भन्ने चिन्ताले आफुलाइ घरिघरी निमोठ्ने गरेको पनि सुनाउदछिन ।

माफ गर्नु होला यो लेख लेख्दा यो घटनालाइ बाहिर प्रकासित गर्दा उत्तिकै जोखिम मोल्नु पर्ने देखिन्छ कथम कदाचित न्याय दिलाउन भनी सहयोगको नाम्मा संकलित समाचारकै कारण पुर्णिमाले गलत निर्णय लिइन र अगाडि बढिन भने यस्को जिम्मा कस्ले लिने ? यो राज्यले लिन पर्छ् कि पर्दैन ? उन्को न्याय को लागि यो राज्यलाइ अझ भनौ प्रधानमन्त्री र रास्ट्रपति समक्ष यो समाचार पुर्याइदिन हुन लेखक पाठक बृन्दमा हार्दिकताका साथ अनुरोध गर्दछन ।

धन्यबाद ।

प्रतिक्रिया दिनुहोस