बालिका हत्या प्रकरण : हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे – नेता मंडल

महोत्तरी । महोत्तरीको बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोधमा यतिबेला तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । त्यहाका स्थानीयसहित बेखांडी युवा क्लवका युवाहरुले उक्त घट्नाको निष्पक्ष छानविन गर्न माग गर्दै यतिबेला विरोध प्रर्दशन गरिहेका छन् ।

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् । बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई प्रहरी पक्राउसमेत गरेको छ । बर्दिबासमा समेत घर भएका उनको ३ तले घरमा आक्रोशित स्थानीयले आगो लगाएका छन्। आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका थिए ।

उनीहरुले उक्त घट्नामा प्रहरीलाईसमेत आशंका गरेका छन् । स्थानीय युवा सागर राइले भने, ‘एक सानी बालिकाको बलात्कार गरी हत्या गरेर शव बोरोामा पोका पारेर फाँलिदिएको छ । यो घट्ना आफैंमा कति क्रुर र दर्दनाक होला कल्पना गर्न सकिन्न, हामी स्थानीयवासी मर्माहित छौँ, उनले भने, । प्रहरीले उक्त घट्नाको दोषीलाई उम्कन नदिई कडा भन्दा कडा चाँडो कारबाही गरोस् हामी यहि चाहान्छौँ’ ।

अनेरास्ववियूका युवा नेता आदर्श मंडफ भन्छन् , `गज्ज्बको नियम नेपाल सरकार “पहाडमा जे गरे पनि पानी फोर्स चल्छ तर मधेसमा केही राम्रो काम गरेपनि सिधा टाउको मा गोली सुट “वहाँ गज्ज्बको कानुन तपाईंको मधेस प्रति नेपाल सरकार । मंडलले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरेका छन्। गृहमन्त्रीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै उनी विरुद्ध नारा लगाएका थिए। हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, भन्दै मंडल अाक्रोसीत भएका थिए । सहभागीहरूले ‘महिला हिंसा कहिलेसम्म? हामी चुप जहिलेसम्म’, ‘न्याय मर्न दिँदैनौँ’, ‘सरकारसँग सिकेछ, प्रहरी पनि बिकेछ’, ‘न्याय मार्न पाइँदैन’ लगायतका नारा लगाएका छन्।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्दा स्थानीय ३ जना युवा गम्भीर घाइते भएका छन् । घाइतेहरु संजय न्यौपानेको पीनाकाल अस्पतालमा, श्याम कार्की र अफताव आलमको शुभशोस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

बालिका हत्याको विरोधमा स्थानीयले चोकचोकमा बाटो बन्द गरेका छन् ।
बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव सोमबार मध्यराति फेला परेको थियो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो । बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवास-१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए । अहिले स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपछि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेकाले केही बताइसकेको छैन ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार स्थानीहरुको अत्यधिक भीड रहेको र उनीहरुले आगो नियन्त्रण गर्न नदिइरहेकोले अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन । घटनास्थलमा प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड आँसु ग्याससमेत प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस