प्रधानमन्त्री ताप्लेजुङ र इलाम जानुहुँदै

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङ र इलाम जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीले ताप्लेजुङमा भइरहेको विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न, चीनको सीमासँग जोडिएको ओलाङचुङगोलाको निरीक्षण र स्वास्थ्य चौकीको समेत उद्घाटन गर्न त्यस तर्फ जानु भएको हो ।

त्यस्तै  प्रधानमन्त्री ओलीको आज  इलाम पुग्ने पनि कार्यक्रम रहेको छ । इलाममा प्रधानमन्त्रीले सन्दकपुर स्थित सीमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सँगै पूर्वसभामुख सुवास नेम्बाङ पनि साथमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस