केपी ओलीलाई एउटा ब्यक्तिमात्र सम्झिनु गलत हो

प्रधानमन्त्री केपी ओलीका केही खास विशेषताहरू छन् । एउटा विशेषता – उहाँ जस्तो सुकै चोट र पिडा सहन सक्नु हुन्छ । छिमेकीको , विपक्षीको अनि आफ्नै पार्टीकाहरुले निरन्तर उहाँमाथि गरेको प्रहार हेर्दा लाग्छ उहाँका शरीर हाड मासु,छालाले नभै कुनै छुट्टै इस्पातले बनेको हो। प्रहारमाथिको प्रहार, निरन्तर प्रहार सहँदै प्रतिरोध गरिरहनेको नाम नै सायद केपी शर्मा ओली हो ।

केपी ओली बन्न त्यति सजिलो रहेन छ । नेपालको राजनीतिमा केपी ओलीको आफ्नो छुट्टै फरक पहिचान छ । कुनै बेला नेपालमा माओवादी हत्या र हिंसाका विरोधमा निरन्तर कोही बोल्ने थियो भने त्यो  केपी शर्मा ओली नै हुनुहुन्थ्यो । फेरि त्यही उग्र माओवादीलाई मूलधारको राजनीतिमा ल्याउनमा पनि उहाँको भूमिका रहेको छ ।

नेपाललाई पन्ध्र र त्योभन्दा अझ बढी जातीय राज्यमा विभाजन गर्न खोज्ने विरुद्ध कठोर आवाज उठाउने पनि केपी ओली नै हो । उहाँ जहिले पनि जातिवाद र क्षेत्रीयतावादका विरुद्ध उभिँदै आउनु भएको छ । उहाँ कुनै बेला मधेसवादी भनिने दलहरूको प्रमुख शत्रु नै हुनुभएको थियो । नेपाललाई जातीय नामबाट बाँडफाँड गर्ने कुराको उहाँ जहिले पनि विरुद्ध उभिनु भयो । त्यस्तै प्रचण्ड प्रधानमन्त्री भएका बेला नेपाल आर्मीमा रुकमाङ्गद कटुवाललाई कु गर्न खोज्दा तात्कालिन राष्ट्रपतिलाई  उचित सल्लाह र सहयोग गर्ने पनि ओली नै हुनुहुन्थ्यो ।

जब माधव नेपालको सरकार विरुद्ध सत्ता च्युत भएको माओवादीले घरेलु हातहतियारसहित कार्यकर्ता जम्मा गरी सिंहदरबार घेर्न लगायो , नेपाललाई  खुट्टा नकमाउन, भरथेग र सहयोग गर्ने पनि केपी ओली नै हुनुहुन्थ्यो । तात्कालिन एमाले र कांग्रेसबीच कतिपय सवालमा चर्को विवाद हुन्थ्यो ( समाधानका उपाय पत्ता लगाउने कार्य प्रायः ओलीले नै गर्नु हुन्थ्यो ।  त्यति वेला केपी ओली कुनै पदमा नहुँदा पनि धेरै थोक हुनुहुन्थ्यो । उहाँले राष्ट्रका खातिर , अरूको भागको पिडा र प्रहार पनि आफै झेल्नु भयो र अरूलाई जोगाउनुभयो । उहाँ जस्तोसुकै सङ्कट र कठिन अवस्थामा पनि विचलित नहुने एउटा यथार्थ पात्र हो ।

यी र यस्तै विशेषताका कारण केपी ओली नेपालको राजनीतिमा एउटा विशेष स्थान बनाउन सफल हुनुभयो र अहिले उहाँ नेपालको चर्चित प्रधानमन्त्री हुनुहुन्छ । चर्चित यस अर्थमा कि उहाँ कतिपय शक्तिले नचाहँदा नचाहँदै पनि नेपाली जनको माया र विश्वासका कारण  नेपालको प्रधानमन्त्री बन्नुभयो , यो स्वदेशी विदेशी कतिपयका लागि टाउको दुखाइको कारण भएको छ।

केपी ओलीको सबभन्दा सकारात्मक शक्ति हो ( उहाँको राष्ट्रवादी भावना र सोच। उहाँको यो भावना र सोच ( आतंकवादविरुद्ध उहाँको कठोर अडान,   पृथकतावादी आन्दोलन गर्नेलाई मूलधारको राजनीतिमा ल्याउने कार्य , नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप र चलखेलको विरोधमा उहाँको अडानमा प्रतिबिम्बित भएको छ ।  उहाँले भारतले कब्जा गरेको जमिन फिर्ताको जोडदार माग गर्नुभयो । छुटेको भू-भाग समावेश गरी नेपालको नयाँ नक्सा जारी गर्नुभयो । नागरिकता वितरण प्रणाली सुगम तर , विदेशीका लागि कडा प्रावधान राख्ने कार्यको थालनी गर्नुभयो । यी सबै राष्ट्र र जनताप्रति उहाँको जिम्मेवारीबाट निर्देशित कार्य हुन्  ।

धेरै भएको छैन जति बेला भूकम्पले थिलथिलो भएको देश नेपालको विरुद्ध जब भारतले निर्दयतापूर्वक नाकाबन्दी सुरु गर्‍यो , त्यति बेला भर्खर केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । भूकम्पले क्षति भएको र सरकारले आवश्यक सहयोग उपलब्ध गराउन असमर्थ भइरहेको मौका छोपी मधेसवादी दलले आन्दोलन र धर्ना गर्दा र त्यसमाथि नाकाबन्दी लगाउँदा ओलीको सरकार सजिलै ढल्छ भन्ने भारतको सोचाइ त्यति बेला फेल भयो जब त्यसको ठिक उल्टो नेपाली जनताले भारतको बिरोध गर्दै प्रधानमन्त्री केपी ओलीलाई साथ दिए । मधेसवादी दलको गैर जिम्मेवारी कार्य र भारतीय नाकाबन्दीका विरुद्ध ओलीको अडानले जनतामाझ उहाँलाई एउटा शक्तिशाली  राष्ट्रवादी नेताको रुपमा स्थापित गर्‍यो । त्यतिबेलाको सम्झना अझै पनि धेरैमा ताजा नै होला ( भारतले त्यत्रो नाकाबन्दी लगाउँदा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भारतविरुद्ध बोल्न त परै जाओस् नाकाबन्दीलाई नाकाबन्दी समेत भन्ने आँट गर्न सकेन ।

अहिले केपी ओलीलाई एउटा ब्यक्तिमात्र सम्झिने भूल कसैले नगरे हुन्छ । पहिलो, उहाँ जननेता मदन भण्डारीको बहुदलीय जनवादको उत्तराधिकारी पनि हो । जबजलाई आफ्नो जीवनको आदर्श मान्ने लाखौँ कार्यकर्ताहरू अहिले पनि कतिपय कमीकमजोरीका बाबजुद ओलीलाई आफ्नो नेताका रुपमा सम्मान गर्दछन् ।

तात्कालिन एमालेका वरिष्ठ भनाउँदा अन्य कतिपय माइकलालले पनि त्यति बेला खुलेर भारतको बिरोध गर्न सकेनन् । नेपालको राजनीतिक इतिहासमा केपी शर्मा ओली नै पहिलो प्रधानमन्त्री हुनुभयो जसले डङ्काको चोटमा भारतीय ज्यादतीको बिरोध गर्नुभयो । सधैँ भारतीय ज्यादती सहने बानी परेका साइँदुवाहरू अहिले ओलीलाई राष्ट्रवादको पाठ पढाउने कोसिस गर्दैन । सबैलाई थाहा छ ( केपी ओलीले भारतीय ज्यादतीका विरुद्ध आवाज उठाएकै कारण त्यति बेला पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए र ओलीको सरकार ढलेको थियो ।

अहिले पुनः प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट हटाउने खेल सुरु भएको छ । र यो खेलमा कारण जेसुकै बताइए पनि , खेलाडी जो देखा परे पनि नेपालमा अस्थिरता चाहनेले खेलेको खेल हो यो, यसमा कोही भ्रममा नपरे हुन्छ । यहाँ देशी विदेशीको स्वार्थ मिलेको मात्र हो । भारत ओलीलाई सबक सिकाउन चाहन्छ भने उता पार्टीभित्र केपी ओली रहुन्जेल अरूको दाल नगल्ने भएर लोभी पापी पाँच भाइले ओलीलाई पार्टी छोड्न दबाब दिएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन न लड्ने बताइरहँदा र जम्मा चार महिनापछि पार्टीको महाधिवेशनबाट सहज ढङ्गले पार्टी नेतृत्व चयनको बाटो हुँदाहुँदै अहिले प्रधानमन्त्री विरुद्ध जसरी कदम चालिएको छ ( स्पष्ट छ यो षडयन्त्र नै हो । आफ्नै पार्टीका केही कठमुल्लावादीहरुले अहिले उहाँ विरुद्ध  ूफतवाू जारी गरेका छन् , नचाहिँदो दोष लगाएका छन् । यस्तो  कार्यले नेपालमा पुनः नौ /नौ महिने सरकारको कार्यकाल सुरु हुने र नेकपा कहाँ पुग्ने हो ? धेरैका लागि चिन्ता र चासोको विषय भएको छ।

अहिले नेकपा भित्रका पाँच भाइले चालेको कदम हठात् या अचानक चालेको कदम होइन । विभिन्न योजनाका ( साथ , सोचेर , गुणा , भाग गरेर चालिएको कदम हो ( अहिले प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रस्ताव । पाँच भाइको सोचमा यो त्यस्तो ब्रह्मास्त्र हो ( जसले पार्टीभित्र केपी ओलीको प्रभाव र दबदबा सदाका  लागि अन्त्य गर्ने छ । उनीहरूको मूल्याङ्कनमा अहिले केपी शर्मा ओलीको इमेज ओरालो लागेको छ र उहाँ विरुद्ध प्रहार गर्ने उपयुक्त अवसर पनि यही हो ।

तर, अहिले केपी ओलीलाई एउटा ब्यक्तिमात्र सम्झिने भूल कसैले नगरे हुन्छ । पहिलो ( उहाँ जननेता मदन भण्डारीको बहुदलीय जनवादको उत्तराधिकारी पनि हो । जबजलाई आफ्नो जीवनको आदर्श मान्ने लाखौँ कार्यकर्ताहरू अहिले पनि कतिपय कमीकमजोरीका बाबजुद ओलीलाई आफ्नो नेताका रुपमा सम्मान गर्दछन् ।  दोस्रो ( उहाँ नेपालको एउटा त्यस्तो प्रधानमन्त्री पनि  हो जसले  राष्ट्रवादको झण्डा बलियोसँग उठाउनु भएको छ र जनताले त्यो अनुभव गरेका छन् ।

तेस्रो नेकपाभित्र अहिले पनि उहाँलाई बलियो साथ दिने केन्द्र र जिल्ला स्तरीय सयौँ नेताहरू हुनुहुन्छ जो आफ्नो क्षेत्रमा राम्रो पकड राख्नुहुन्छ। नेपालका गाउँ र सहरमा उहाँका समर्थकहरूको सङ्ख्या लाखौँमा छन् । उहाँको विरुद्ध षड्यन्त्र गर्नेहरूलाई यस्को हेक्का त पक्कै  होला । फेरि केपी ओलीले आफन्तले मुटुभित्र दिएको चोटको हिसाब त पक्कै राख्नुभयो होला, उहाँले जवाफ फर्काउन  त बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस