काठमाडौँ । पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो।
टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शल्यक्रिया सफल हुन नसकेको पत्रकार सामिप्यराज तिमल्सिनाले जानकारी दिएका छन् ।
पत्रकारितामा स्नातकोत्तर गरेको मकवानपुरका स्थायी बासिन्दा गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए । उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए । गौतम चलचित्र पत्रकारिता र समीक्षामा अब्बल थिए । गौतम पछिल्लो समय लकडाउनका बेला खाना खान आउने एक दीनहीनको भोको पेटको सत्यकथा लेखेर चर्चित भएका थिए । गौतमको पोहोर मात्रै बिवाह भएको थियो ।
उनका श्रीमती, आमाबुवा र तीन दाइ छन् । उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने तिमल्सिनाले जानकारी दिए ।