नयाँ पाइला पुर्नस्थापनाको भाइ टीका लगाउने कार्यक्रम सम्पन्न

दाङ । तुलसीपुर १९ बिजौरी हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले कार्यालयमै भाइ टीका लगाउने कार्यक्रम सम्पन्न भएको छ । श्याम महतरालाई यो वर्ष आठ वर्षपछि दिदी बहिनीहरुसंग टीका थाप्ने अवसर मिलेको थियो । यो वर्ष दिदीहरुसंगै टीका थाप्ने अवसर त मिलेकै थियो तर कोभिडका कारण त्यो अवसर दिदीसंग टीका लगाउनु पाउनुभएन ।

जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनअनुसार एकाघरका परिवारमा मात्रै भाइ टीका लगाउन भनिएको थियो कार्यालयमा ५०भन्दा बढी उपचारार्थी भएकाले कार्यालय प्रमुखबाटै टीका थाप्ने व्यवस्था मिलाइएको संस्थाका कार्यक्रम निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो । महतरा एक उदाहरण मात्रै हुुन ।

संस्थामा रहेका २५ जना उपचारार्थीहरुले संस्थाकी कार्यालय प्रमुख हिरा आचार्यसंग टीका लगाए । कार्यालय प्रमुख हिरा आचार्यले भने ’ विगतमा म दुई जना दाजुभाइसंग टीका लगाउथेँ, एक जनाको दिदी र एक जनाको बहिनी मात्रै थिए, यो कोभिडले मलाई २५ जनाको दिदी बहिनी बन्ने अवसर दिलायो ’। यता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७मा रहेको कोरोना विशेष अस्पतालमा समेत त्यहाँ रहेका डाक्टर, स्वास्थ्यकर्मी र बिरामीहरुले त्यही टीका लगाएका छन् ।

अस्पतालमा रहेकी नर्स समीक्षा रिजालले भनिन ‘यो वर्षको दशैमा यही अस्पतालमा रहनुभएका जेष्ठ नागरिकसंग टीका थाप्यौ, भाइ टीकामा पनि यही रहेका डक्टर, स्वास्थ्यकर्मीहरुसंग टीका थाप्यौ ’ । हिजो मेरो एक दाजु र एक भाइ हुनुहुन्थ्यो यो वर्ष त धेरैसंग दाजुभाइको नाता सम्बन्ध गास्न पाइयो ।’

प्रतिक्रिया दिनुहोस