नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १३ र स्थायी कमिटि १८ गते बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनलाई स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।

आजको बैठकले मंसिर १८ गतेका लागि स्थायी कमिटी बैठक आव्हान गरेको छ ।

स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ । चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको नेकपाले त्यसलाई अगाडी बढाउने पहल शुरु गरेको हो । मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक भने २५ गतेलाई सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिवेदन पेश गर्नु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस