अपरेटर भिजन कर्पोरेशन नेपालको दोस्रो साधारण सभा सम्पन्न, सानी भन्डारीद्वारा सहयोग संकलन सुरु

चितवन । डोजर अपरेटर तथा सवारी चालक संघ द्वारा संचालित अपरेटर भिजन कर्पोरेशन नेपालको दोस्रो साधासभा टिबिविश्वकर्मा हिमालको अध्यक्षतामा बाग्मती प्रदेश चितवनमा बृहत भेलाको साथ सम्पन्न भएको छ।
विकास निर्माणकार्यमा अहोरात्र खटिएर डोजरजन्य सवारी साधान चलाउने अपरेटररुको हक हितको लागि काम गर्दै आएको संस्था डोजर अपरेटर तथा सवारी चालक संघ को बृहत भेला भरतपुर चितवनमा बिशेष कार्यक्रमको साथ सम्म्पन्न भएको छ। राती दिन काम गरेको परिश्रम ब्यबसायी र ठेकेदारहरुबाट न पाएको गुनासो धेरै डोजर चालकहरुले राख्नु भएको थियो। भवितव्यं  दुर्घटनामा परेको अपरेटरलाई १८ लाख सम्म क्षतिपूर्ति दिलाउदै आएको संस्था डोजर अपरेटर तथा सवारी चालक संघले दुर्घटनामा परेर मृत्यु भएको अपरेटर हरुको टुहुरो बाल बच्चालाई उच्च शिक्षा सम्म पठनपाठनको जिम्मा लिईदै समेत आएको छ। टि बी विश्वकर्मा हिमाल द्वारा आयोजित कार्याक्रममा बरिस्ठ समाज सेवी तथा व्यावसायिहरु बिनोद पुडासैनी,  सानी भन्डारी, गायत्री भन्डारी ,राज लामा, हम बहादुर बस्याल लगायतको उपस्थिती रहेको थियो।‎
उक्त कार्यक्रममा डोजर अपरेटर तथा सवारी चालक संघ द्वारा संचालित अपरेटर भिजन्कर्पोरेशन नेपालको केन्द्रिय कोषाध्यक्ष जित ब प्रजा “सानू” केन्द्रिय पुर्ब सचिव तथा सहसचिव होम ब गुरुङ केन्द्रिय सदस्य तथा चितवन जिल्ला अध्यक्ष  रमेश सापकोटा, केन्द्रिय सदस्य तथा नवलपरासी जिल्ला अध्यक्ष खिम नेपाल, तथा बरिस्ठ अपरेटरहरु रोहन लोप्चन, शोभाकान्त भन्डारी, सन्दिप रेग्मी, सम्भुमन चेपाङ, रुक बहादुर लामीछाने, शेर बहादुर पाख्रीन, बुद्दी राम कुमाल, रोशन कुमाल, अनिल अधिकारी, उमेश बिश्वकर्मा, सागर रामदाम, सुन्मन प्रजा, को बिशेश उपस्थिति रहेको थियो।
कार्यक्रममा कतारमा कार्यरत एक्सावेटर अपरेटर बिजय खवास उर्फ भि के ‘दोभान’ बाट विश्वकर्मा पुजामा ह्गरिने फजुल खर्च बाट बचाएर रु ५००० र उहाको धर्म पत्नी सानी भन्डारी द्वारा डोजरजन्य सवारी चलाउदै गर्दा दुर्घटना परेर समस्यामा परेको संस्थाको सदस्यको परिवारलाई राहत होस भन्ने हेतुले तिहारमा रक्सी र जुवातास खेलेर उडाउने पैसा मध्य बाट रु ५५५५ संस्थालाई सहयोग गर्नु हुना साथ सोलोखुम्बु जिल्ला को दोभान हाइड्रोपावरमा कार्यरत एक्सावेटर अपरेटर शोभाकान्त भन्डारीको धर्मपत्नी गायत्री भन्डारी द्वारा रु ५००० भन्डारा घर भएका एक्सावेटर अपरेटर सेर बहादुर पाख्रीन बाट रु ६००० गरि रु  २१५५५  अपरेटर भिजन कर्पोरेसन नेपालको उद्दार कोषमा जाम्मा भएको छ।
उक्त रकम धेरै भन्दा धेरै पीडित सदस्यको परिवारलाई  पुर्याउन  भि के दोभानको धर्म पत्नी सानी भन्डारीले अनुरोध गर्नु भयो।
कार्याक्रममा बोल्दै  डोजर अपरेटर तथा सवारी चालक संघ द्वारा संचालित अपरेटर भिजन कर्पोरेशन नेपाल को अध्यक्ष हिमालले सम्पुर्ण प्रगतिशील अपरेटर सदस्यहरु होम गुरुङ, सनु प्रजा, होम गुरुङ, भिके दोभान, भुबन ब्रो, मौसम तमाङ ‘सन्जु’ सन्तोष श्रेष्ठ , कुमार वन, नकुल तिवारी, आजाद सुलभ, ग्रेदर अपरेटर श्री राम मगर, सुमन थापा मगर, राम कुमार तमाङ, अमिर तमाङ, कृष्ण दुवाल, सुमन श्रेष्ठ, नवीन चन्द्र अधिकारी र आजद सुलभ लगाएत मित्रहरूको लगनशीलताबाट आज संस्था यहाँ सम्म आइपुगेर धेरै सदस्यहरुको समस्यामा साथ दिन सफल भएको बताउनु हुँदै संस्थाले एक्सावेटर समेत खरिद गरेर बिकास निर्माणमा लगाउन सफल भएको बताउदै सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै सबै अओपरेटर लाई अपरेटर भिजन कर्पोरेसन नेपालको सदस्य लिन समेत अनुरोध गर्नु भयो।

प्रतिक्रिया दिनुहोस