थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुग्यो

काठमाडौं । नेपालमा आज थप १ हजार ४७७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४७७ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । पछिल्लो २४ घन्टामा २७९८ ज?ना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस