महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वाडा नम्बर ८ मा नेकपा युवा नेता शिवचन्द्र सिंह ज्युको बिशेष पहलमा वाडाअध्यक्ष बिजय सिंह ज्यु द्वारा ५२१ महिला, अल्पसंख्यक,दलित,अपाङ्ग र पिछडिएको परिवारलाई ग्यास चुल्हा र सिलिन्डर बितरण गरेका छ्न।
मिति २०७७-०७-२५ गतेका दिन द्वव नेता घरघरमै पुगेर ग्यास चुल्हा बितरण गरेका छ्न। वाडा ८ मा रहेका रमौल, रतवारा, बजराहि लगाएतका गाउँहरुमा धुवाँधुलो मुक्त गरि सवच्छ नगर बनाउने उद्देश्यले बितरण गरेका हुन। युवा नेता सिंहले भने – जब सम्म हामी आफ्नो गाउँटोलमा पुर्ण रूपमा धुवाँधुलो नियन्त्रण गर्न सक्दैनौं तबसम्म हामी नगर र प्रदेश हुँदै देश स्वच्छ बनाउन सक्दैनौं त्यसैले हामी आफ्नै ठाउबाट सुरुवात गरेका छौँ।