स्थानिय निकायको आडमा छु भन्दैमा डोजर चलाउने अपरेटरको पारिश्रमिक खान कसैलाई छुट छैन – हिमाल

नेपालको भौतिक बिकास निर्माणकार्यमा रात दिन खटिएर एक्सावेटर, जे सि बी, ग्रेडर, लोडर, रोलर आदि इत्यादि हेवी इक्युप्मेन्ट चलाएर आफ्नो चुलो बाल्ने कयौ अपरेटरहरुबाट आफुले काम गरेको पारिश्रमिक नपाएको भन्दै अपरेटरहरुले हार गुहार गर्दै आफ्नो पारिश्रमिक उठाइदिन भनी संघमा निवेदनको ओइरो लागे पछि अपरेटर भिजन कर्पोरेसन नेपालले शुभ दिपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्याक्रम राखी कार्यासमिती समक्ष उक्त बिषय उठान गरेको छ। उक्त बिषयमा बोल्दै डोजर अपरेटर तथा सवारी चालक संघ द्वारा संचालित अपरेटर भिजन कर्पोरेसन नेपालका अध्यक्ष टि बी विश्वकर्मा हिमालले राजनैतिक शक्ति र स्थानिय निकायको आडमा छु भन्दैमा कोहि कसैलाई पनि गरिब निमुखाको रगत पसिना चुस्न छुट नभएको बताउनु भयो।
मृतुलाई हत्केलामा राखेर लाला बाला र आफ्नो परिवारको पालन पोषणको निम्ति भिर पहिरो केही न भनी डोजर चलाउने अपरेटरहरुको हक हित र समस्यामा साथ सहयोग र उद्दार गर्दै आएको संस्था अपरेटर भिजन कर्पोरेसन नेपालले दशै मान्न पैसा नपाएको र ठेकेदार र मालिकले फोन समेत नउठाएको भन्ने निवेदनको आधारमा बिजय दशमीमा पनि ८० जना अपरेटरको पारिश्रमिक दिलाइदिएको र दिपावलीमा पनि ३० भन्दा बढी डोजर मलिक तथा ठेकेदारलाई अनुनय बिनय गरेर अपरेटरको पारिश्रमिक उठाइदिएको अध्यक्ष हिमालले बताउनु भयो।
चितवनको भरतपुरमा गरिएको उक्त कार्यक्रममा पार्टस व्यावसायि तथा वरिष्ठ समाजसेवी प्रभाकर जोशी रामशरण बस्नेत र अपरेटर भिजन कर्पोरेसन नेपालका केन्द्रिय कोषाध्यक्ष जित ब प्रजा सानू र अपरेटरहरु सुरेस गुरुङ, प्रदिप रिजाल, लक्ष्मण बिक, रुकेस लामिछाने, सबिन अधिकारी, सुमन प्रजा, अनिल अधिकारी, उमेश बिक रमेश सापकोटा,रोशन कुमार ,रबिन्द्र सदसंंखर,खिम नेपााली, बिनोद पुुुडासैैैैनी, होम गुुुुरुङ  लगाएतको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली अपरेटर हितको निम्ति खोलिएको उक्त संस्थाले विभिन्न कम्पनी र कन्ट्रक्सनमा दक्ष अपरेटर तुरुन्त उपलब्ध गराइदिने भवितव्यं दुर्घटनामा परि मृत्यु भएको अपरेटरलाई उचित क्षतिपूर्ति दिलाउदै राहत उद्दार , घाईते अङ्गभंग लाई उपचार खर्च र मृतकक अपरेटरको छोरा छोरीलाई उच्च शिक्षा सम्म पढ्न समेत सहयोग गर्दै आइरहेको छ। संस्थाले नेपाल तथा बिदेशामा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई संस्थाको सदस्य बनेर सस्थाको सेवा सुविधा लिन समेत आव्हान गरेको अध्यक्ष हिमालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस