एक राष्ट्रिय दैनिकमा “लोकतन्त्रकै मान्यताको परिधिभित्र रहने संवैधानिक राजसंस्था कायम गर्न सकिन्छ” भन्ने शिर्षकमा थापाको लेख छापिएको थियो । उक्त लेख प्रति आपत्ती जनाउँदै गणतन्त्र, संघियता, धर्मनिरपेक्षतालाई विदेशी षडयन्त्र भनि अध्यक्ष थापाले गोयबल्सशैलिमा झुटो प्रचार गरेको आरोप लगाएका छन।
डा. भट्टराइले ट्विट लेख्दै “मेरा सहपाठी मित्रले ग्वेबल्सको दुष्प्रचार सूत्र “झुटोलाई सय चोटि दोहोर्याए पछि सत्य बन्छ” को अनुशरण गर्दै पुन गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी षड्यन्त्र भनेछन! क्रान्तिका अगुवा प्रचण्ड-बाबुरामहरू जिउॅदो छॅदै यस्तो झुट बोल्नु “देख्नेको अगाडि सुन्नेको सही” भएन र?” भनि थापालाई प्रश्न गरेका छन।
डा. भट्टराईलाई जवाफ दिँदे अध्यक्ष थापाले सुरुवाति चरणमा जनताले क्रान्तिको मालिक प्रचण्ड बाबुराम हो कि भनि पत्याए पनि अहिले क्रान्तिको मालिक वास्वविक मालिक प्रचण्ड बाबुराम नभएको जनताले बुझि सकेकोले बालहठ त्याग्न सुझाव दिएका छन। अध्यक्ष थापाले ट्विट मार्फत डा. भट्टराईलाई जवाफ दिँदै भनेका छन “फेरी हसाउनु भयो सहपाठी मित्रले। कति हास्नु हौ ! क्रान्तिको ’भारी’ नेपालमा तपाईहरूले बोकेर ल्याएको हो। त्यसमा कुनै विरोध छैन। तर, त्यो भारीको मालिक तपाईहरू होईन, शुरूमा हो कि भनेर सबैले पत्याएका पनि थिए। तर, जब सक्कली मालिकले भारिको दावि गरेपछि त्यसमा तपाईले बालहठ नदेखाएकै बेश”