काठमाडौँ । भारतका पत्रकार अर्नब गोस्वामी जमानतमा छुटेका छन् ।
भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई बुधबार सर्वोच्च अदालतले जमानतमा छाड्न आदेश दिएको हो । सर्वोच्चले गोस्वामीलाई ५० हजार जमानतमा छाड्ने आदेश दिएको हो ।
कात्तिक १९ गते आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका गोस्वामीलाई १४ दिने न्यायिक हिरासतका लागि पठाइएको थियो । उनीमाथि रिपब्लिक टिभीको स्टुडियो डिजाइन गरेका अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । तर, गोस्वामीले भने आरोप अस्वीकार गर्दै आएका छन् । उनले नाइकलाई डिजाइनको काम लगाएका थिए तर भुक्तानी भने नदिएको बताइएको छ ।
यसअघि मुम्बईको उच्च अदालतले गोस्वामीलाई जमानतमा छाड्न अस्वीकार गरेको थियो ।