दोलखाबाट ओखलढुङ्गा जादै गरेको भ्यान रामेछापमा दुर्घटना,चालकको मृत्यु 

रामेछाप ।  दोलखाबाट मंगलबार राति तरकारी,फलफुल, लिएर ओखलढुङ्गा जादै गरेको प्रदेश ३–०१–००६ ख ३२० नम्बरको डिब्बा भ्यान रामेछापको मन्थली नगरपालिका वडा नं १ एकलेबर भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुघटनामा परी उत्त भ्यानका चालक उदयपुर कटारी
नगरपालिका वडा नम्बर ४ का ३२ बर्षिय प्रदिप कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलाई रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यलाई रामेछापले दिएको जानकारी अनुसार भ्यान सडकबाट अन्दाजी करिव ४०/५० मिटर तल खस्दा गम्भीर घाइते भएका चालक कार्कीको उपचारको क्रम तामाकोसि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना परी घाइते भएका चालक कार्कीको मंगलबार राति २ः३५ बजे अस्पतालले मृत घोषणा गरेको र मृतककाे शव पाेष्टमाटमकाे लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएकाे रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस