रामेछापमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी

रामेछाप । रामेछाप जिल्लाका थप ८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार रामेछापबाट यहि कार्तिक २४ गते पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी धुलिखेल पठाइएको २४ जनाको स्वाबमध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनु भयो ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाका अनुसार मंगलबार राति आएको स्वाब परीक्षण रिपोर्ट अनुसार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ३८ वर्षका पुरुष ,मन्थली नगरपालिका वडा नं ५ को हेल्थ पोष्टमा कार्यरत ३७ वर्षकी महिला स्वास्थ्यकर्मी ,उनको १२ वर्षका छोरा ,नेपाल बिद्युत प्रधिकरण रामेछापमा कार्यरत ५२ वर्षका पुरुष कर्मचारी ,मन्थली नगरपालिका वडा नं ७ का ५७ वर्षका पुरुष शिक्षक ,मन्थली नगरपालिका वडा न २ का ३० वर्षका पुरुष र मन्थली नगरपालिका वडा नं ५ का १३ र ६५ वर्षकी महिलालाई कोरोना सङ्क्रमण पोजेटिभ देखिएको बताउनु भयो ।

यो संगै जिल्लामै स्वाब संकलन गरि पठाइएकामा कोरोना संक्रमण हुनेको संख्या १८७ पुगेको छ । हालसम्म १६१ जना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेर घर फर्किएका छन् त्यस्तै २६ जना संक्रमितको आईसोलेसना उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस