साँझको राजेशको अण्डा व्यापार,खानेहरुको भिड

दाङ,तुलसीपुर । बिगत ४ वर्ष देखि राजेश कुमार गुप्ता ठेलामा अण्डा बेच्दै आउनुभएको छ । उहाँको उमेर २० वर्ष भयो । उहाँ अहिले व्यापार गर्न नै लागी नेपालमा हुनुहुन्छ । त्यो पनि दाङको तुलसीपुरमा हुनुहुन्छ । उहाँको घर भने भारतको तुलसीपुरमा हो । स परिवार उहाँहरु नेपालमा बस्दै आउनुभएको छ ।

परिवारमा बुवा,आमा,दाई,भाउजु, आफु र भाई रहेको बताउने राजेश सबैको आ आफ्नै पेशा व्यवसाय भएको बताउनुहुन्छ । परिवारका अन्य सदस्यहरु पनि राजेश जस्तै कोहि अण्डाको व्यवसाय गर्नुहुन्छ त कोही म म को । सानो होस्, ठुलो होस् , आफुनो पेशामा उहाँहरु रमाउदै आउनुभएको छ ।

राजेशले आफ्नो पढाईलाई कक्षा ८ मै छोडिसक्नुभयो । तर पनि उहाँमा भविष्यमा ठुलो व्यवसायी बन्ने चाहाना छ । अहिले अण्डा बेचेर दिनमा ठ्याक्कै यती कमाई हुन्छ भन्ने एकिन नभएपनि ४०० देखि ५०० सम्म भने मज्जा सँग कमाई हुने गरेको उहाँ बताउनु हुन्छ ।

बेलुका ४ बजे पछि उहाँको ठेला कोठाबाट तुलसीपुर देखि नेपालजंग जानेबाटो तर्फ मोडिन्छ । जहाँ एउटा सानो रुख छ । त्यही नेर उहाँ ठेलालाई रोक्नुहुन्छ । त्यसपछि सुरु हुन्छ , उहाँको व्यापार ।

दिउसो फलफुल बच्ने राजेश साँझ परेपछि अण्डा बेच्दै आउनुभएको छ । अण्डाका बिभिन्न परिकारहरु उहाँ बेच्नुहुन्छ ।
कुरा यस्तो छ ,व्यापार फलफुल र अण्डाको गरेपनि अण्डाको व्यापारमा आनन्द आउने उहाँ बताउनुहुन्छ ।

“सानो रकमको व्यावसाय भएकाले पैसा फुटुफुटु आउछ । न त उधारो जाने डर छ,न त ठगिएला भन्ने,“उहाँ बताउनुहुन्छ,“व्यापार राम्रो हुदाको दिनमा १२०० देखि १५०० सम्म अण्डा बिक्री हुने गरेको छ ।”
एउटा अण्डालाई खरिद गर्द १२ रुपैया पर्ने र ल्याएर आफुले बिक्रि गर्दा एउटा अण्डाबाट ३,४ रुपैया फाईदा आउने गर्छ ।

बेलुका ४ बजे देखि सुरु गरेपछि राती ८.३० मा मात्रै उहाँ घर फर्किनुहुन्छ । नेपालमा उहाँको सपरिवार बस्दै आएपनि चाडवाडको बेला भारत जाने गर्नुहुन्छ ।
मासीक व्यापार राम्रो भयो भने उहाँ १२ देखि १५ हजार सम्म कमाउने गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस