दुई छोरा गुमाएको ज्ञान बहादुर बिं.कको क्यानसरको कारण मृत्यु कान्छो छोराद्वारा भयो बृहत श्रद्धाञ्जली सभा सम्पन्न

धादिङ – २०५८ साल फागुन ११ गते कोटबाणा विमानस्थल निर्माणमा मजदुरको रुपमा कालिकोट पुगेका धादिङ जिल्ला साविक जोगिमारा गाविसका १७ जना युवाहरु मध्य दुई छोरा गुमाएका ६६ वर्षीय ज्ञान बहादुर बि.कको फोक्सो क्यान्सरको कारण कार्तिक ८ गते मृतु भएको थियो। तत्कालीन नेकपा माओवादी द्वारा गरिएको जनयुद्धको कारण देशमा संकटकाल घोषणा गरि र तत्कालीन प्रधान सेनापति रुक्मांगद कटुवालको ठाडो निर्देशनमा माओवादीको आरोपमा निर्दोष मजदुरहरुलाई मार्दा दुई छोरा गुमाएको शोकमा ब्याकुल, बेचैन पल पल मुर्छित बन्न थाले पछि इसाई धर्म अगालेर मन बुझाउन सिकेका बि.क दुई वर्ष देखि खोकी र ग्यास्ट्रीकको बिमारी थिए।    सातौ सन्तान को पिता बि क ले   आफ्नो मृत्यु पछिको अन्तिम संस्कार आफ्नै नामको जमिन मध्य कहि अन्तिम संस्कार गरि स्मारक बनाइदिन इच्छा प्रकट गरेका कारण कृश्चियन धर्म संस्कार अनुसार उहाको कान्छा छोरा पुस्प बि क ले सोही अनुसार मृत्युको १५ दिनमा स्मारक स्थलमा नै वृहत श्रद्धाञ्जली सभा आयोजना गरेका हुन। उक्त सभामा सात जना विशिष्ट पास्टर धर्म गुरुहरु वडा अध्यक्ष अमर गुरुङ, वडा सदस्य राधा डल्लाकोटी नेकपा वडा पार्टी कमिटी अध्यक्ष तर्फबाट श्रीमती देवी चेपाङ, पार्टीप्रतिनिधि तथा वरिष्ठ समाज सेवी बिष्णु हरी अर्याल,   अक्कल  मगर सहित सयौ जना आफन्तहरु बाट मन्तव्य सहित बि क को स्मारकमा फुलमाला चढाइ श्रद्धा सुमन अर्पण गरि सभा समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस