गायक सन्जिव पराजुली भन्दै छन् , “यसरी नहेर मलाई”

काठमाडौँ । संगीतिक क्षेत्रमा गायक सन्जिव पराजुली एक परिचित नाम हो । उनका बजारमा थुप्रै चर्चित गितहरु आईसकेका छन् । नेपाली स्वदेश तथा बिदेशमा रहने दर्शक/स्रोताले उनका गितहरुबाट छुट्टै आनन्द लिने गर्दछन् ।

कहिले गायक पराजुली डान्सीङ नम्बरका गित लिएर आउने गर्छन् त कहिले रोम्यान्टिक गितका साथमा दर्शक/स्रोताका माझ आउने गर्दछन् । फरक फरक प्रस्तुतीका साथमा प्रस्तुत हुदै आउनु उनको यो सुमधुर र बलियो पक्ष हो ।

उनै गायक पराजुली फेरि पनि नयाँ गित “यसरी नहेर मलाई”को साथमा आएका छन् । कोभिडको कारण बजारमा अहिले केहि हद सम्म गितहरु आएपनि स्वतस्फूर्त आउन नसकेको यस प्रतिकुल अवस्थामा आफ्ना दर्शक एवं स्रोतालाई निरन्तर गित पस्किने क्रम उनले यस गितलाई बजारमा ल्याएका हुन् ।

गितमा प्रमेली शव्दहरुको प्रयोग गरिएका छन् । होम नाथ न्यौपानेले शव्द कोरेको यस गितमा संगीत सचिन सिंहको रहेको छ । संगीत संयोजन भने गोपाल रसाईलीले गरेका हुन् ।

गायक पराजुलीले यस अघिका गितहरु जस्तै यस गितलाई पनि दर्शक तथा स्रोतको अपार साथ,माया र आर्शिवाद मिल्ने बिश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस