गौरी परियारको तिहार कोशेली नयाँ देउसी भैलो गित बजारमा

काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार नजिएसँगै जताततै तिहारका देउसी भैलोका नयाँ पुराना गितहरु बज्न थालेका छन् । यसपाली कोभिडका कारण त्यत्ती संगीतीक क्षेत्रमा चहलपहल नभएपनि केहि फाट्टफुट्ट गितहरु भने बजारमा आईरहेका छन् ।

गायीका गौरी परियारको स्वरमा तिहारको अवसरमा रहेको नयाँ देउसी भैली गित केही समय अघि मात्र बजारमा आएको छ । “कोभिडको अवस्थामा पनि हामीले चाडपर्वलाई मध्यनजर गरेर गित ल्याएका छौ । माया गरिनुहोला ,“गायीका परियार भन्नुहुन्छ ।”

उहाँले यसअघि पनि बजारमा थुप्रै गितहरु बजारमा ल्याईसक्नुभएको छ । यो गितमा गायीका परियारसँगै गायक भुपेन्द्र राना,इन्द्रराज पुरी र गायीका पुजा पुनको स्वर रहेको छ । किरण करलाको शव्द रहेको गितमा गायक भुपेन्द्र रानाको नै संगीत रहेको छ ।

यस्तै भिडीयोमा चर्चित मोडल आरुसी मगर, बिक्रम चौहान,लक्ष्मी,सरोज,डम्बर र अन्जनाको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस