अपरेटर भिजन कर्पोरेशन नेपाल उत्पादनमा जोडिन ५८ कट्ठा जग्गा अनुगमन गरेर फर्कियो

चितवन – देशको बिकाशमा रात दिन नभनी डोजरजन्य सवारी चलाउदै पुल सडक नहर हाइड्रोपावर बिमानस्थल र ठुला भवन बनाउन अहोरात्र खटिने अपरेटरहरु बाट सुरु अपरेटर भिजन कर्पोरेसन परियोजना संचालन भै रहेको छ। अपरेटर भिजन कर्पोरेशन परियोजना बाट उत्पादन मुलक काम गर्दै कुलतमा फसेको युवाहरूलाई सीप सिकाई आत्मानिर्भर बनाउदै बेरोजगार लाई रोजगारी दिलाउदै, गरीव असाहयलाई राहत र उद्दार गर्दै आईरहेको कर्पोरेशनले केही रोपनी जग्गा लिएर (अपरेटर भिजन एककृत कृषि फर्म) संचालन गर्ने उदेश्यको साथ भरतरतपुर महानगरपालिका चितवन गाइघाट स्थित हाई वे बाट ३ कि मी भित्र  रहेको ६८ लाख मुल्यको ५८ कठ्ठा जग्गा अबलोकन गरेको हो। इस्रायलमा लामो समय कृषि क्षेत्रमा राम्रो अनुभव लिएर आएको र नेपालमै पनि कृषि सम्बन्धि काम गरिरहेको विशेषज्ञ टोली बाट अनुसन्धान र माटो चेक जाँच गरि सो जग्गाको सम्भावना बारे छलफल समेत चलाइ रहेको छ। चितवनको सदरमुकाम भरतपुर बाट १७ कि.मि र पवित्र धार्मिक स्थल देबघाट बाट नजिकै रहेको उक्त जग्गा अपरेटर, पत्रकार, व्यावसायि, समाजसेवी,र सामान्य मजदुर जो कोहि बाट पनि आफ्नो गक्ष्य अनुसार आफुले मोज मस्ती जुवा तासमा खर्चिने रकम लाई सदुपयोग गर्दै ५० हजार देखि माथी सेर लगानी र संकल गरी उक्त जग्गा खरिद गरि सरकारबाट अनुदान लिएर विभिन्न उत्पादन मुलक काम गरिने योजना भएको कर्पोरेसनका अध्यक्ष हिमाल विश्वकर्मा ले बताउनु भयो। कर्पोरेसनमा आबद्ध सदस्यहरुबाट एउटा एक्सावेटर समेत खरिद भैसकेको जानकारी दिदै अझै नया नया भिजनमा अपरेटर भिजन कर्पोरेसन लागि रहेको हुदा देश बिदेशमा हुनु हुने इच्छुक जो कोहि बाट पनि आफु संग जति छ त्यति लगानी गरेर अफ्नै देशमा बसेर केही गर्न सकिने अभियान चलिरहेको अध्यक्ष  विश्वकर्माले  बताउनु भयो।

प्रतिक्रिया दिनुहोस