बिजलपुरा स्पोर्ट्स टिमलाई मेयर शाहको सहयोग

बर्दिबास । बर्दिबास १३बिजलपुराका क्रीकेट प्रेमी युवाहरुको हौसला बढाउनका लागी र खेल क्षेत्रमा उत्कृष्ट हुनका लागि भङ्गहा नगरपालिकाका नगरप्रमुख सन्जिब कुमार शाहले खेलकुद सामग्रीकोलागि रु.7500l सहयोग गर्नु भएको छ।मयेर शाहले खेलकुद गहना हो भन्दै उनले भने खेलकुद क्षेत्र पछाडी रहेकाले यस्लाइ प्रोत्साहन गरि अगाडि लग्यो भने यस्ले बिश्वसामु नेपाल र नेपालीको शिर उचालिदिन्छ। बिजलपुरा क्रीकेट टिमका बालमिकि पासवान , राम ईश्वर महतो, अजय महतो राजकिशोर महतो, बिकि मगर, रोशन महतो, रामप्रवेश महतो, मुकेश साह,सुनिल, रोहित,अनोज,गणेश, मनिश,श्याम, लगायतका खेलाडीहरुले उक्त सामाग्री प्रयोग गर्ने छन। खेल सामाग्री पाए पछि सम्पुर्ण खेलाडी खुसी भएका छ्न। उक्त खेल सामाग्रीका लागी समाजसेवि युवामनोज महतोले पहल गरेका थिए।

प्रतिक्रिया दिनुहोस