जलवायु बारेमा भिन्न विचार र प्रतिज्ञा लिदै , सातौं राष्ट्रिय युवा जलवायु सम्मेलन २०२० आयोजना हुँदै

काठमाडौं । सम्पुर्ण जिवको जननी पृथ्वी जलवायु परिवर्तनले गर्दा यसको संरचनामा हरास पुर्याएको छ,जस्का कारणले बाच्न हम्यहम्य परेको अवस्था भइरहेको छ। सोही विषयलाई ध्यानमा राखी जलवायु परिवर्तनका कारण, यसबाट हुने समस्या र समाधानका उपाय बारे कुरागर्ने लक्ष्यले Nov6-Nov 9 सम्म NYCA द्वारा सातौँ राष्ट्रिय युवा जलवायु सम्मेलन 2020 संचालन गर्ने आयोजना रहेको छ
मुलत: युवा भविष्यका कर्णधार भएका कारण पनि जलवायु परिवर्तन जस्तो संवेदनशिल विषयमा युवाको भुमिका अहम हुनु पर्ने भएकाले युवा सम्मेलन आयोजना गरेको आयोजक टिमले बताएको छ।

7Th National Youth Climate Change Conference

वर्तमान सन्दर्भमा जलवायु परिवर्तन एक जल्दोबल्दो समस्याको रुपमा मानिएको छ जस्को प्रत्येक्ष असर पुरा पृथ्वीमा परेको छ।वर्षौं देखि विभिन्न वातावरणबिद अनि अनेकौं युवा द्वारा जलवायु परिवर्तन सम्बन्धि हजारौं छलफल गरिदै आएका भएता पनि बढ्दो जनसंख्या वृद्ध र वनविनास सङ्गै समस्यापनी बढ्दै गएको छ। शिक्षा मात्र भएका तर अनुभव नबटुलेका अघि भैरहदा पनि यो समस्या झन झन उच्च हुँदै गएको कुरामा दुई मत छैन ।सोही कुरालाई मध्यनजर गरि हरेक ठाउँबाट युवा उठ्नै पर्ने कुरा जनाउन ,हामिले नगरे कस्ले गर्ने आज नगरे कहिले गर्ने भन्ने भनाई फैलाउन ,जलवायु परिवर्तन रोकि पृथ्वीलाई बचाउने यो सम्मेलन आयोजना गरिएको हो। युवा आफैमा परिवर्तनका बाहक हुन र जलवायु परिवर्तन जस्तो संवेदनशिल विषयमा युवाले नै नजरअन्दाज गरे भोलि हाम्रो हुने छैन भन्दै सो सम्मेलन संचालन हुँदै छ।

प्रतिक्रिया दिनुहोस