बालबिवाह न्यूनिकरण अभियान बनहरीमा सम्पन्न

तुलसीपुर । प्रदेश प्रहरीले सन्चालन गरेको बालबिवाह न्यूनिकरण अभियान अन्तर्गत तुलसीपुर ४ खाद्रेमा प्रहरीचौकीले आज तुल्सिपुर ४ बनहरी स्थित बालसाहारा बोर्डिङ स्कुलमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

प्रहरीचौकी खाद्रेका इन्चार्ज प्रहरी साहायक निरिक्षक दिनेश कुमार बि.सिले बाल बिवाह गर्दा हुने शारिरिक तथा मानसिक समस्या र यसले भबिष्यमा पार्ने कठिनाइको बारेमा विद्यार्थीहरुलाई जानकारी दिनु भयो।

कलिलो उमेरमा बिवाह गर्दा आफ्नो पढाई र लक्ष पुरा नहुने साथै बालबिवाह गरे हुने कानुनी कारबाही र दण्डको बारमो जानकारी दिनु भएको थियो । उक्त कार्यक्रम मा बालसाहार बोर्डिङमा अध्ययनरत कक्षा ६ र ७ का विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस