दाङ,तुलसीपुर । नेपालका युवा तथा किशोरकिशोरीहरुमा परिवार योजना सेवा पहुँचमा बृद्धि परियोजनाको आयोजनामा आज सोमबार तुलसीपुरमा युवा तथा किशोरकिशोरी सम्बन्धि तालिम सम्पन्न भएको छ ।
परियोजना दाङका कार्यक्रम अधिकृत रेशम बिसीले तालीमा उपस्थीत किशोरकिशोरीलाई युवा तथा किशोराअवस्थामा आउने परिवर्तन तथा बिभिन्न स्वस्थ्य समस्या र ती समस्याको समाधानको बारेमा जनकारी दिनुभएको थियो ।
परियोजनाकि दाङ कार्यक्रम सहायक हस्ता पुनको विषय प्रबेशबाट सुरु भएको कार्यक्रममा रानिघाट युवा क्लबकि कोषाध्यक्ष मनकुमारी बिक साथै क्लबका सचीव डिल्लीराज भुसाल र सदस्य टिका पौडेलले किशोराअवस्थामा आउने समस्या र समाधानको बारेमा बोल्नुभएको थियो ।
उक्त तालीममा रानिघाट युवा क्लबका २५ जना सदस्यहरुको सहभागीता रहेको थियो । साथै क्लबले तालीम प्रदायक संस्थालाई धन्यवाद दिएको छ ।