काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोले इस्लाम धर्मको अन्तिम सन्देष्टा हजरत मोहम्मद साहब (उहा माथि शान्ति होस्) लाई अपमानित गर्ने सोचले सार्वजनिक रुपमा एक बिल्डिंगको वालमा कार्टून प्रदर्शन गरेको थियो । कार्टूनमा हजरत मोहम्मद साहब को मजाक उडाएको थियो । यस घट्नालाई लिएर विश्व मुस्लिम समुदाय फ्रान्सको चर्को विरोध गरिरहेको छ भने मुस्लिम देशहरु जस्तै टर्की, कुवैत, कतार, पाकिस्तान, बांग्लादेश फ्रान्सको प्रोडक्ट माथि प्रतिबन्ध लगाएको छ ।
नेपालको जसपाका बिद्यार्थी नेता इजाज अन्सारीले फ्रान्स द्वारा गरिएको उक्त घट्नाको निन्दा एवं भत्सर्ना गरेका छन । अन्सारीले भने मुस्लिम भएर पनि म सबै धर्मको सम्मान गर्छु किन भने मानबता सबैभन्दा ठुलो धर्म हो अब हिन्दु मुस्लिम चल्दैन !! अभिव्यक्तिको स्वतंत्रता कसैको चरित्र हत्या गर्ने, गाली गर्ने, मजाक उडाउने, अपमानित गर्ने ,कसैको धर्म आस्थाको खिल्ली उडाउने होइन। यो कानून र सामाजिक विपरीत कार्य हो । यो एक सभ्य समाजको पहिचान होइन ।