प्रदेश १ मा ७१ जना पत्रकार कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण भएको छ । प्रदेश १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बस्नु भएको छ भने अरु सङ्क्रमणमुक्त हुनुभएको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई शुक्रबार कोभिड—१९ को सङ्क्रमण पुष्टि भएको छ । उहाँको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसीआर परीक्षण गरिएको थियो । शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहनु भएका उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस