भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब डेढ लाख मूल्य बराबरको पटका कञ्चनपुर प्रहरीले बरामद गरेको छ।
महेन्द्रनगरबाट बसमा लोड गर्दै गरेको अवस्थामा चार बोरा पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो।
महेन्द्रनगरको गल्ली नम्बर ५ मा पुस्तक पसल सञ्चालन गर्दै आएका दार्चुलाको शैल्यशिखर नगरपालिका १ का दिनेश कडायतले उक्त परिणामको पटका बसमा लोड गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ। पुस्तक पसलमा समेत थप दुई बोरा पटका फेला परेको छ।
प्रहरीले कडायत भने फरार रहेको बताएको छ । फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।