महोत्तरी । समाज रुपानतरणका एक पात्र हुन, युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो ।जो आफ्नो समाज,राष्ट्र र देशका निम्ति इन्जिनियर बनेर सेवा गर्ने सपना बोकेका एक होनहार बिद्यार्थी थिए । आर्थिक अभाव कमजोर भएकोले उनको त्यो सपना अधुरै रह्यो । तर कुनै बालबालिका आफ्नो सपनाबाट बन्चित नहोस् भनेर कहिले पत्रकारिता मार्फत त कहिले समाजिक कार्यमार्फत उनी समाजमा सक्रिय छन ।इन्जिनियर हुने आफ्नो सपना पुरा नहुने देखे पछि उनले अर्को बाटो रोजेर पत्रकारिताको सुरुवात गरे ।
साथसाथै उनि सामाजिक कार्यहरूमा सरिक हुन थाले । बिगतमा समाजमा गरिएको केहि सामाजिक कार्यहरु एकीकृत नमुना मुसहर बस्ती बर्दिबास निर्माण ,जनता मा बि सौर्न्दर्यकरण, कालापानी पार्क,मनर्बा मुसहर बस्ती र रा.मा.बि. पशुपतिनगरको बालउधान निर्माणमा उनले तन,मन र धनले योगदान दिएर सरकारको सुखी नेपाली समृद्धि नेपाल नाराको नारा पूरा गर्न सहयोग गरे ।
यो दशैको बेला सबै आफ्नो घरपरिबारसङ्ग रमाइरहेको बेला उहाँ महोत्तरीको बर्दिबास–३ कालापानी पार्कको सार्वजनिक शौचालय सरसफाई गरिरहेका भेटिए । यस कामले नै हामी अनुमान लगाउन सक्छौ बास्तबमा देशको एउटा सच्चा सपूत हो राजकरण महतो।उनि भन्छन् ,”समाजिक काम गर्दा मलाई खुशी, आनन्द र उर्जा प्राप्त हुन्छ। म आफ्नो जिबन देशका निम्ति सुम्पिएको छु।”