कैदीबन्दीलाई खसी

कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशै मनाउनका लागि खसी उपलव्ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो ।

कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि तिनलाई खसी उपलब्ध गराइएको बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गर्नुभएको छ । सो कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् ।

-राजेन्द्रप्रसाद पनेरु/ रासस

प्रतिक्रिया दिनुहोस