खसी काटेको, मासु खाएको फोटो पोस्ट नगरौं : कलाकार दिपकराज गिरी

काठमाडौं । चर्चित हास्यकलाकार दिपकराज गिरीले दसैंबारे आफ्नाे बाल्यकालको अनुभव सुनाएका छन् । उनले दसैंमा खसी काटेको, मासु खाएको फोटो पोस्ट नगर्न आग्रह पनि गरेका छन् ।

सानोमा आफू नै खसी काट्न खसीको खुट्टा समाउन उद्यत रहे पनि पछि क्रमशः आफू शाकाहारी भएको फेसबुकमा उल्लेख गरेका छन् ।

उनले मासु विनाको दसै पनि रमाइलो उनले बताएका छन्।काटमार गरेको फोटो नहाल्र्न आग्रह गर्दै उनले लेखेका छन्, ‘मांशहारी भोजन गर्नु नै हुँदैन भन्ने अधिकार मलाई छैन, सक्छौ शाकाहारी भोजन गरौ, सकिन्न खसी काटेको मासु खाएको फोटो पोस्ट नगरौ ।’

यस्तो गिरीको आग्रह :

सानो छदॉ १० दिन अघि नै घरमा खसि आउथ्यो
खसि संग खेल्दा, खसिको कान निमोठदा ,म्वाइ खाने गर्दा खसि संग एक प्रकारको सामिप्यता महसूस हुन थाल्थ्यो
अष्टमी को दिन आफ्नै अगाडि त्यो खसि काटिदा धेरै रून्थे म …
पछि बिस्तारै ठूलो हूदै गएं , खसि काट्दा आफै खुट्टा समाउन अघि सर्न थाले ….यस्को मतलब बिस्तारै संबेदनाहीन हुंदै गएं म …
मासू बिना त दशै नै हुदैन भन्ने लाग्न थाल्यो ,
तर ८ बर्ष अगाडि भगवानको आशीर्वाद भनौ वा चमत्कार
मासु संग बिस्तारै मोह भंग हुन थाल्यो र म शाकाहारीमा परिणत भए …महसूस भयो मासुले दशै रमाइलो भाको होइन रहेछ दशै आफैमा रमाइलो पर्ब रहेछ !
शाकाहारी भोजनमा पनि आनन्द आउदो रहेछ
यस्को मतलब मासंहारी भोजन गर्नु नै हूदैन भन्ने अधिकार मलाइ छैन ,सक्छौ शाकाहारी भोजन गरौ, सकिन्न खसि काटेको, मासु खाएको फोटो चाहि पोष्ट नगरौ !
सम्पूर्ण आदरणिय मित्रहरूमा बिजया दशमिको हार्दिक मंगलमय शुभकामना! यो बर्ष निश्चित दुरि कायम गरेर , आफ्नो परिवार संग मात्रै टिकाटाला गरौ, सकूसल रह्यौ भने आफ्न्तहरू संग पछि पछि पनि टिका लगाउने मौका त आइहाल्छ नि होइन र ?
सबैलाइ नमन !!!

प्रतिक्रिया दिनुहोस