थारु कल्याणकारिणी सभा जापानद्धारा सिता चौधरी सहयोग अभिनायलाई सहयोग

दाङ । थारु कल्याणकारिणी सभा जापानमा आबद्ध रहेका सबै सदस्यहरूको सहयोगमा, नेपालको दाङ् जिल्ला तुलसीपुर  १३ ढकना निवासी सीता चौधरीलाई नेपाली रु.१५,०००/ अक्षेरेपी पन्ध्र हजार रुपैयाॅं सहयोग प्राप्त भएको छ ।

श्रीमान कामको शिलशिलामा बिदेश गएको बेला उतै मृत्यु भए पछि बिचल्लीमा परेकी सिता चौधरीको सहयोग अभियानमा लागीपरेका समाजिक ब्यक्तित्व तथा सञ्चारकर्मी थमन चौधरीले जानकारी गराउनु भयो ।

सन्चार कर्मी तथा सामाजिक ब्यक्तित्व थम्मन चौधरीले दुखमा परेकी सिता चौधरीको सहयोगको लागि दॅंगीशरण मिडिया मार्फत समाजिक सन्जालमा भिडियो प्रशारण गरे पछि थारु कल्याणकारी सभा, जापानमा आबद्ध हुने सबै सदस्यहरूले उहाॅंको सहयोगको लागि केहीं रकम जम्मा गर्ने निधो गरेपछि यो रकम जम्मा हुन सफल भएको कुरा थारु कल्याणकारिणी सभा, जापानका कार्यवाहक कोषाध्यक्ष हरि चौधरीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस