काठमाडौं । प्रेमको कुनै धर्म र जात हुँदैन। भूगोल हुँदैन। त्यसैले होला प्रिय, तिमीलाई मैले धेरै माया गरेको छु। म जहाँ गए पनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको हुन्छ आजभोलि। मानसपटलमा आइरहने धेरै कुराहरुमध्ये तिम्रो याद भने निकै प्रस्ट भएर आइरहेको हुन्छ?
हरेक साँझ पर क्षितिजमा सुन्तला रङको अवशेष छोडेर घाम अस्ताउँछ तर मेरो मन भने झन् गुलाबी भएर तिमीलाई सम्झिरहन्छ। त्यसै पनि हुनसक्छ तर, किनकिन आज तिम्रो याद झनै बढेको छ। हुन त, तिमीलाई सम्झिन यो दिन घुमिरहनुपर्दैन। मसँग त्यस्तो कुनै पल छैन, जहाँ तिम्रो याद नहोस, त्यो सास पनि अपुरो हुन्छ, जहाँ तिम्रो याद मिसिएको हुँदैन। हाम्रो प्रेमको अस्तित्व त्यही हो।
तिमी हाम्रो प्रेमको काहानी र बलिदान लेखिदिनु ल एउटा डायरी मा,कसैले पढे भनेपनी प्रेम के हो भन्ने महत्त्व थाहा
पाउने छन । बडो अचम्मको थियो हाम्रो प्रेम न म सँग हरेक कुराको प्रमाण थियो न तिमी सँग बिश्वास ।
तिमी गयौ तिम्रो याद गएन,आँशु बग्यो पिर बगाई लगेन।
तिमी मात्रै हो त्यति माया अनि विश्वास गर्दा नि मबाट टाढा हुने। तिम्रा यादहरु त मैले जति बेवास्ता गर्दा पनि मलाई हरदम पछ्याईरहेछन्। हिजो तिम्रो साथ छँदा धेरै बाँच्न पाईयोस् भनेर भगवानसँग प्राथना गर्ने म आज त्यही भगवानसँग मलाई यस संसारबाट चाँडै लैजा भनेर गुनासो गरिरहेछु।
साचै पहिलो प्रेम भुल्न अति नै गाहे हुदो रहेछ । जिन्दगीमा सुख दुख हुदो रहेछ । हामीहरुको सम्बन्धी स्कुल बढ्दा देखी सुरु भएको हो । प्रेम सम्बन्ध बाचुन्जेल चलकै हो । जब हामीहरु सम्बन्ध खरानी भए पछि सबै सकियो । तिमिलाई यो मनमा यसरी बस्यौ कि । यो मनमा दाग बनेर सजियौँ । न मेटाउन सकिन्छ न पखाल्न् । ती यादहरु सुम्सुम्यादै अहिले सम बसेको रहेछु । तिमिलाई भुल्न खोज्छु अहँ सक्दिन् कत्ति पनि । समय कहाँ देखी कहाँ सम्म पुग्यो थाहा छैन । समय आफ्नै रप्तारमा बगीरहेको छ ।
तर म भने अझै पनि मन भित्र तिम्रो मायाको तस्बिर खढा गरी पुजा पाठ गरीरहेको रहेछु । तिमि मेरो जिवनमा यसरी आयौँ कि आकाशको पानि बनेर । जादा जादै बेसरी भिजायौँ । म निचोरीए सुक्न पनि सकिन सधै भिजिरहे तिम्रा यादहरुमा । हो तिमिलाई सम्झिरहेको छु । पल पल हर क्षणमा । यसरी मैले तिमिलाई सम्झिनु कुनै अर्थ पनि छैन । तर पनि यो मनले तिमिलाई सार्थक ठानि रहेको छ । कहिले काही एकान्तमा बेस्सरी रुन्छु तिमिलाई सम्झेर । बिगतका ति दिनहरु सम्झेर । झल झली आउन्छन् ति तिम्रा यादहरु । २४ घण्टामा १५,१६ घण्टा त ति तिम्रा यादहरु मै टोलाउने गर्छु । जब निद्रामा पर्छु । त्यो बेला केही लाग्दैन् । जब बिहान पख बिझन्छु । तिमिलाई नै देख्छु यी आखाँमा । जिन्दगी यस्तै रहेछ । कहिले रुनु पर्दो रहेछ कहिले हास्नु पर्दो रहेछ । जुन चिज आफु सगँ हुदैन त्यो चिजको महत्व किन लाग्छ त्यो थाहा छैन् । आफुले नपाए पछि त बिर्सेदिए हुन्थो होला नि ? तर किन त्यस्तो गर्न सक्दैन म । मनमा खै कुन चिज छ । कुनै त्यस्तो चिज हुनु पर्छ ।
जसले एक पटक मनमा बसेको मान्छेलाई जति पटक भुल्ने प्रयास गरे पनि सक्दै सकिदैन् । खै तर जिन्दगी के भो थाहा छैन । बुज्न पनि सकेको छैन् । आखीर जिन्दगी भन्नु नै के रहेछ । रंगमन्च भई दियो । हेर्नहरुको लागी । खै निष्टुरी मान्छे तिमिलाई के लाग्छ थाहा छैन तर मलाई त यही लाग्छ । धेरै रोए हासेँ तिमि बाट टाडा भए पछि । खै तिमि सगँ छुटिएको हिजो आज जस्तै लाग्छ । यो जिन्दगीको यात्रामा धेरै मान्छेहरु सगँ भेट भाट परिचय सम्बन्ध हुन्छ । आउन्छन् जान्छ्न । कोही भेटिने पनि गर्छन् यात्राको क्रममा । कोही त एक पटक भेट पछि भेट हुन नै मुस्किल हुन्छ । अनि ति मान्छेका यादहरु लिएर पो बस्छौँ । भेटिएका मान्छेहरु कहिले काही नछुटिने भएको भए त्यो सम्बन्ध कस्तो हुन्थोँ होला कहिले काहीँ लाग्छ मलाई । सोच्छु पनि । सोचेर के गर्न सोचे जस्तो हुने भए पो । मलाई थाहा छ निस्टुरी मान्छे ।
बिना अर्थ तिमीलाई यो दिलको भित्तामा भित्रे पात्रो जसरी टङ्गाएर सजाएको छु । महिना बार वर्ष सबै फेरी तर तिमिलाई फेर्न सकेको छैन् । फेरी पनि यसो गर्न मन मान्दैन् । मेरो त बानी नै परिसक्यो । यो मन भन्ने चिज बेमत्लबी हुदो रहेछ । मलाई थाहा छ कसै गरी पनि तिमि मेरो हुन सक्दैनौँ । यो हुदा हुदा पनि तिमिलाई सम्झनी मन लाग्छ । किन हो किन । यो सब बुज्दा बुज्दा पनि तिमि प्रति एकोहोरो आशक्त भईरहेको छु । तिमिलाई भुन्छु भनेर मैले के के पनि गरीन् । फोटा एसमेस सबै नष्ट गरे तर तस्बिरहरु त आँखैमा टाँसिएर बसेका हुदा रहेछन् । अझ आँखाको तस्बिर त जसो गरे पनि नमेटिदो रहेछ । रहेक पल्ट तिमिलाई भुन्न केही न केही गरेको हुन्थे म । तर हरेक पल तिमिलाई सम्झेको हुन्थे । यसरी भुल्ने प्रयन्तले झन झन् सम्झिदो रहछु तिमिलाई । सगैँ हुदा सपना देख्ने बाँनी लगायौँ तिमिले ।
तर तिमिलाई सम्झिरहने बानि म बाट कसै गरी टाडा भएनन् । अब त यस्तो लाग्छ कि यी मेरो साहार भए । आजीबन सगैँ रहेने ।मलाई नै थाहा छैन् । जे नगरु भन्छु त्यही गर्न मन लाग्छ । तिमिलाई भुलु भन्छु तिमिलाई नसम्झिु भन्छु फेरी पनि यो मनले मोबाईलमा भएको एक दुई फोटाहरु छन् तिम्रो र मेरो फोटा हेर्न मन लाग्छ । ति फोटाहरु हेदै टोलाउन्छु एक छिन् । फोटाहरु हर्दे टोलाएको पत्तै पाउदैन ।
त्यति मात्र काहाँ होर फेसबुकमा तिम्रो नाम सर्च गरेर तिमिले पोष्ट गरेको फोटाहरु हर्ने मन लाग्छ । तिमि दुखी छौँ या सुखी छौँ । न लाईक गर्छु न कमेन्ट गर्छु । त्यही हेर्छु चिन्त बुझाउन्छु । तिमि हासेकी फोटा देखेर रमाइलो लाग्छ । तिमि रमाईकी फोटा देख्दा खुसी लाग्छ । तर आफ्नो मान्छेको नजिकको फोटो हेर्छु । अनि मन एक्कासी भक्कानीएर आउन्छ । भित्रै बाट भत भत पोले जस्तो हुन्छ मनमा । अनि फेसबुकको होम पेजमा माउसले क्लिक गर्छु । फेसबुक नै साईन अफ गरीदिन्छु । आँखा बाट आसँका एक एक थोपा गरी आँसुहरु खसेको पत्तै पाउदिन । सोच्छु मान्छेका आँखा जति बेला पनि राईदिन सक्छ होला । एउटै पिढा भने जति पटक सम्झेए पनि किन सजिलै आँसु आईदिन्छ । होे यस्तै यस्तै सोच्छु म । थाहा छैन मैले भुल्न सकेको छैन् । सक्दिन पनि पल पलमा ।
तिमिले मायालु शब्द प्रयोग गरेर बोलाउदा तिमि सगँका रहेक पल अबिष्मणीय छन् । पहिलो माया मन मुटुमा गहिरो छाप बसीसकेको छ । दिनहौ यादहरु आईरन्छन् । पहिलो पटक लेखेको क,ख,रा र ए बि सी त भुल्न सकिदैन अझ पहिलो माया तिमिलाई कसरी भुल्नु । बिगतको सम्झनाले भत भत पोल्ने गर्छ। न तिमिलाई पाउन सके सके त तिमिलाई गुमाउन । कान्छि हरामी निष्टुरी मान्छे जहाँ छौँ सझैँ सुखी र सुखी रहनु । तिम्रो खुसी नै मेरो खुसी हो । जिन्दगी भनेको यस्तै रहेछ कान्छी । बिस्तारै बिस्तारै अगाढी बढ्दै गर्दा भेटिएकाहरु छुटिन्छन् र छुटिएकाहरु याद दिएर जान्छन् । ति यादहरुको पोको पन्तुरो सुम्सुम्याउदै अगाढी बढीरहेको छु । जिन्दगीको यात्रा कहाँ सम्म थाहा छैन । कविता
झुटो माया रैछ तिम्रो, छुट्यो अनायसै
जोडिएका मन आज टुट्यो अनयासै ।
मलाई झुक्याई, पराइको सिउँदो भर्दा
जवानीको हाँसो लुट्यो अनायसै ।
मायाको बगैँचामा, फूल रोप्न निस्क्या थिएँ
दर्कने असिना पानीले, कुट्यो अनयासै ।
रमाउँदै पराईसित, तिमी अघि लागेपछि
त्यो दृश्यको बज्र लागि, फुट्यो मुटु अनयासै ।
विछोडको गहिरो शोकमा, निन्द्रामा डुबेँछु
आत्तिएर एकै छिनमा, जुट्यो मलामी अनयासै
अञ्जानमा, अचम्मको माया लाइने रैछ
खुसी हुँदा मीठा मीठा, गीत गाइने रैछ ।
कहिल्यै धोका दिन्न भन्नेसँग
एकान्तमा भेटी, कसम खाइने रैछ ।
आफन्ताले देख्लान भनी डर मान्दै
लुकी लुकी, ढाँटी छली सधैँ धाइने रैछ ।
प्रिय भनी मायाको, अकुत विश्वास गर्दा,
नराम्ररी धोका पाइने रैछ ।
पहिलो प्रेममा बादल लागेपछि
फेरि असल प्रेमी चाहिने रैछ ।
कसैसँग मिल्न गएमा संयाेग मात्र हुनेछ।