काम नगरी भुक्तानी गरेको भन्दै मुड्केचुला गा.पा उपाध्यक्ष द्धारा प्रशासनमा निवेदन

डोल्पा । डोल्पाको मुड्केचुला गाउपालिकाले काम नगरी प्रदेश संसद निर्वाचन विकास बजेट भुक्तानी गरेको भन्दै गाउपालीका उपाध्यक्ष सविता कुमारी रोकाया द्धारा जिल्ला प्रशासन कार्यालय डोल्पामा निवेदन परेको छ । आ.व २०७६।०७७ को प्रदेश संसद निर्वाचन क्षेत्र अन्तरगत मुड्केचुला गाउपालिका वडा नं. ८ कालापनी देखि फुलु सम्म मर्मत मोटर बाटो योजना अनुगमन नगरी कार्यालयले भुक्तानी गरेको भन्दै गाउपालिका की उपाअध्यक्ष तथा योजना अनुगमन सँयोजक सविता कुमारी रोकायाले आबश्यक छानविन गरी कारबाहीको लागी प्रशासनमा निवेदन दिएको बताउनु भयो । प्रदेश संसद निर्वाचन विकास क्षेत्र को काम नभएको ४० लाख रकम मिलोमतोमा अनुगमन समितिका अनुगमन विना नै भुक्तानी भएको गाउपालीका की उपाध्याक्ष सविता कुमारी रोकायाको भनाई रहेको छ ।
प्रदेश संसद निर्वाचन क्षेत्र अन्तरगत वडा नं.८ को कालापानी देखि फुलु सम्म जम्मा ६० लाखको योजना काम सम्पन्न भईसक्यो अनुगमन प्रतिवेदनमा दस्तखत गर्नुहोस् भनि उपभोक्ता समितिका अध्यक्ष र प्राविधिकले आफुलाई भने पछि मैले अनुगमन गरेको छैन पहिलो अनुगमन गर्नु पर्छ भन्दा गाउपालिका कर्मचारी र उपभोक्ता समितिको मिलोमतोमा काम नै नगरी भुक्तानी भएको निवेदनमा जनाईएको छ । प्राविधिक मुल्याङकन जो सुकै भएता पनि कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार सँयोजक राम कुमार नेपालीलाई अनुगमन गर्न पठाउदा गाउँपालिका को डोजरले १२० घण्टा खनेको हुनाले जम्मा ६० लाख रकम मध्य ४० लाख रकम बच्ने भएकोले अर्कै अतिआबश्यक ठाउँमा लगानी गरौँ भन्दा कार्यालयका कर्मचारीको मिलोमतोमा गाउपालिका उपाध्याक्ष तथा योजना अनुगमन सँयोजक को दस्तखत नै नगरी भुक्तानी गरेको निवेदन मा जनाईएको छ । यस्ता गैर जिम्मेवारी काम गर्ने जिम्मेवारी पदका व्यक्तीहरुलाई छानविन गरी आबश्यक कारबाही गर्न उपाध्यक्ष रोकायाको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस