दाङमा कोरोना संक्रमित पुरुषको घरमै मृत्यु, श्रीमतीमा पनि संक्रमण

दाङ । दाङमा एक कोरोना भाइरस संक्रमित पुरुषको घरमै ज्यान गएको छ । दाङ देउखुरीको लमही नगरपालिका–५ का उनको होम आइसोलेसनमै बसेका बेला मृत्यु भएको हो । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस लगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए । ‘उहाँ कलेजो बिग्रिएर कमजोर नै हुनुहुन्थ्यो, आज बिहान निधन भयो,’ वडाध्यक्ष बिमबहादुर केसीले भने । वडाध्यक्ष केसीले शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको जानकारी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस